नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्जरमा जाने पक्का

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्जरमा जाने पक्का : Icon Khabar

काठमाडौँ, असार ८ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । असार ६ गते दुबै लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुबै लघुवित्तको संयुक्त बैठकले शेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात नेशनलको १०० कित्ता शेयर बराबरको समीट लघुवित्तको ७३ कायम गरेको हो ।

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौताको तुलनामा डिडिए पश्चात स्वाप रेशियो घटेको हाे । प्रारम्भिक सम्झौता अनुसार १ः०.८२ स्वाप रेशियोमा कायम रहेको थियो ।

दुई लघुवित्तबीच असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो भने राष्ट्र बैंकले मर्जरमा जान पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

दुबै लघुवित्तको असार ३ गतेसम्म विषेश साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न