नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्जरमा जाने पक्का

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्जरमा जाने पक्का : Icon Khabar

काठमाडौँ, असार ८ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । असार ६ गते दुबै लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुबै लघुवित्तको संयुक्त बैठकले शेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात नेशनलको १०० कित्ता शेयर बराबरको समीट लघुवित्तको ७३ कायम गरेको हो ।

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौताको तुलनामा डिडिए पश्चात स्वाप रेशियो घटेको हाे । प्रारम्भिक सम्झौता अनुसार १ः०.८२ स्वाप रेशियोमा कायम रहेको थियो ।

दुई लघुवित्तबीच असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो भने राष्ट्र बैंकले मर्जरमा जान पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

दुबै लघुवित्तको असार ३ गतेसम्म विषेश साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो ।

Published Date: 23 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग