काठमाडौंका सिनेमा हलमा आजदेखि हिन्दी चलचित्र प्रदर्शन सुचारु

काठमाडौंका सिनेमा हलमा आजदेखि हिन्दी चलचित्र प्रदर्शन सुचारु : Icon Khabar

काठमाडौं, असार ८ । काठमाडौंका सिनेमा हलमा शुक्रबारदेखि हिन्दी चलचित्र प्रदर्शनमा सुचारु भएका छन् ।

बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनित फिल्म ‘जरा हटके जरा बचाके’ काठमाडौंका हलमा प्रदर्शन गरिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स र वन सिनेमाजले चलचित्र प्रदर्शनमा ल्याएका छन् ।

नेपाल चलचित्र संघको बिहीबार बसेको बैठकले आजदेखि हिन्दी चलचित्र प्रदर्शनमा ल्याउने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘आदि पुरुष’ मा रहेको ‘जानकी भारतकी छोरी’ भन्ने भ्रामक वाक्य नहटाएसम्म हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भन्दै सोमबारदेखि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए।

बिहीबार उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी चलचित्र प्रदर्शन गर्न नदिने मेयर शाहको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । तर, मेयर शाहले अदालतको फैसला नमान्ने र ‘आदिपुरुष’ लगायत हिन्दी चलचित्र प्रदर्शन गर्न नदिने बताएका छन् । देशको सार्वभौमसत्ता र स्वाधीनता खतरामा परेको बेला आफूले कानून र अदालतको पालना नगरेको टिप्पणी गरे ।

अदालतले यस विषयमा छलफलका लागि असार १२ गते दुवै पक्षलाई बोलाएको छ ।

नेपाल मोसन पिक्चर्स एसोसिएसनले बुधबार उच्च अदालत पाटनमा मेयर बलेन शाह, कामनपा प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेको थियो ।

Published Date: 23 June 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न