देशभरका सिनेमाघरमा भारतीय चलचित्र बन्द !

देशभरका सिनेमाघरमा भारतीय चलचित्र बन्द ! : Icon Khabar

काठमाडौँ, असार ५ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश रहेको भनिएको विवादास्पद संवादबारे विवाद चर्कँदै जाँदा हाल ‘देशैभर उक्त चलचित्र प्रदर्शन रोकिएको छ।

काठमाडौँ र पोखरा महानगरपालिकाले घोषित रूपमै आदिपुरुषसहित सबै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले पनि आदिपुरुषको प्रदर्शनमा रोक लगाएको घोषणा गरेका छन्।

शान्ति सुरक्षाका कारण ‘देशभरिका सिनेमाघर सञ्चालकहरूले उक्त चलचित्र प्रदर्शन नगरेको’ वितरक मनोज राठी बताउँछन्। उनको कम्पनी व्यंकटेश ईन्टरटेनमेन्टले नेपालमा आदिपुरुष वितरणको अधिकार लिएको थियो।

‘‘कुनै त्यस्तो चिठी नआउँदै (निर्देशन दिएका स्थानीय तहबाट) सिनेमाघर सञ्चालकहरूले बन्द गरे। पक्कै शान्ति सुरक्षाको कुरा भयो होला,’’ सिनेमाघर सञ्चालक तथा निर्मातासमेत रहेका राठीले भने।

तर नेपालमा सबैभन्दा धेरै सिनेमा देखाउने पर्दा रहेको क्यूएफएक्स सिनेमाजले भने आदिपुरुषका वितरकले नै चलचित्र उपलब्ध नगराएकाले प्रदर्शन रोक लगाइएका सहर बाहेकका स्थानमा पनि उक्त चलचित्र प्रदर्शन नगरिएको जनाएको छ।

महँगो मूल्य तिरेर वितरण अधिकार खरिद गरिएको भनिएको आदिपुरुष चलचित्रको ‘मूल्य’ शून्य बराबरमा पुगेको वितरक राठी बताउँछन्।

तर उक्त चलचित्र कति मूल्यमा खरिद गरिएको थियो भन्ने कुरा भने उनले खुलाउन चाहेनन्। – बीबीसी

Published Date: 20 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु