सभामुख घिमिरेद्वारा बजेट पुस्तिकामा भएका त्रुटिहरु तत्काल सच्याउन सरकारलाई निर्देशन

सभामुख घिमिरेद्वारा बजेट पुस्तिकामा भएका त्रुटिहरु तत्काल सच्याउन सरकारलाई निर्देशन : Icon Khabar

काठमाडौं, असार ५ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका छन्।

आज १५ मिनेट स्थगित भई बसेको दोस्रो प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटी भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिएका हुन्।

यसअघि बसेको बैठकमा एमालेका सांसगरेकी थिइन्। देशको नाम नराखी प्रदेश ५ राखेर सहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढन नदिने अडान लिएका थिए ।

एमाले सांसदहरुले अवरोध गरेपछि यस अघि बसेको प्रतिनिधि सभा बैठकमा सहरी विकासमन्त्री सिता गुरुङले सो विनियोजन शीर्षकमा केही त्रुटी भए सच्याउने प्रतिबद्धता व्यक्त गरेकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2023
Website | + posts