आसिफले जीवनदानको फाइदा उठाउन सकेनन्

आसिफले जीवनदानको फाइदा उठाउन सकेनन् : Icon Khabar

काठमाडौँ, असार ५ । नेपाली क्रिकेट टोलीका ओपनर आसिफ शेख आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध आउट भएका छन् । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै २५ रन बनाएको छ ।

तीव्र गतिका बलर सौरभ नेत्रवालरको पाँचौं ओभरको अन्तिम बलमा आसिफ एलबीडब्लू आउट भए । आसिफले १६ बलमा २ चौकासहित १२ रन बनाए । आसिफले चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका थिए।

तीव्र गतिका बलर कायल फिलिपको चौथो ओभरको दोस्रो बलमा आसिफको क्याच ब्यक्तिगत ६ रनमा फाइन लेगमा निसर्ग पटेलले क्याच छाड्न पुगेका थिए । कुशल भुर्तेलले जिम्बावेविरुद्ध पहिलो खेलमा एक रनमा जीवनदान पाएका थिए । उक्त जीवनदानको भरपूर्ण फाइदा उठाउँदै ९९ रन बनाएका थिए । क्रिजमा कुशल भुर्तेल ११ र भीम सार्की शून्यमा छन् ।

त्यसअघि ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो । अमेरिकाका शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनमा नट आउट रहे ।

उनको यो अन्तर्राष्ट्रिय करिअरको कुनैपनि खेलको पहिलो शतक हो । नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2023
Website | + posts




ताजा
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने
नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढ्यो
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने