आसिफले जीवनदानको फाइदा उठाउन सकेनन्

आसिफले जीवनदानको फाइदा उठाउन सकेनन् : Icon Khabar

काठमाडौँ, असार ५ । नेपाली क्रिकेट टोलीका ओपनर आसिफ शेख आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध आउट भएका छन् । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै २५ रन बनाएको छ ।

तीव्र गतिका बलर सौरभ नेत्रवालरको पाँचौं ओभरको अन्तिम बलमा आसिफ एलबीडब्लू आउट भए । आसिफले १६ बलमा २ चौकासहित १२ रन बनाए । आसिफले चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका थिए।

तीव्र गतिका बलर कायल फिलिपको चौथो ओभरको दोस्रो बलमा आसिफको क्याच ब्यक्तिगत ६ रनमा फाइन लेगमा निसर्ग पटेलले क्याच छाड्न पुगेका थिए । कुशल भुर्तेलले जिम्बावेविरुद्ध पहिलो खेलमा एक रनमा जीवनदान पाएका थिए । उक्त जीवनदानको भरपूर्ण फाइदा उठाउँदै ९९ रन बनाएका थिए । क्रिजमा कुशल भुर्तेल ११ र भीम सार्की शून्यमा छन् ।

त्यसअघि ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो । अमेरिकाका शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनमा नट आउट रहे ।

उनको यो अन्तर्राष्ट्रिय करिअरको कुनैपनि खेलको पहिलो शतक हो । नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

Published Date: 20 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु