मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार ५ । मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा झरेको छ भने कारोबार रकम पनि ४ अर्ब नजिक झरेको छ।

आज ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँ बराबरको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता शेयर खरिद बिक्री भएको छ।

आज फाइनन्स कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट देखिएको छ। कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.७० प्रतिशतले घटेको छ। मंगलबार ३ उपसमूहको सूचक भने सकारात्मक देखिएको छ।

मंगलबार सिटी होटल, बिपिडब्लु लघुवित्त र इङ्वा हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएका छन् भने ग्रिन भेन्चर्स लिमिटेडको पनि ३.८४ प्रतिशतले बढेको छ।

यता युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.४८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ६.३० प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०१ प्रतिशतले घटेको छ।

मंगलबार नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा धेरै २० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १९ करोड ४४ लाख, हिमालयन डिस्टिलरीको १३ करोड ५९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Published Date: 20 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी