मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार ५ । मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा झरेको छ भने कारोबार रकम पनि ४ अर्ब नजिक झरेको छ।

आज ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँ बराबरको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता शेयर खरिद बिक्री भएको छ।

आज फाइनन्स कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट देखिएको छ। कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.७० प्रतिशतले घटेको छ। मंगलबार ३ उपसमूहको सूचक भने सकारात्मक देखिएको छ।

मंगलबार सिटी होटल, बिपिडब्लु लघुवित्त र इङ्वा हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएका छन् भने ग्रिन भेन्चर्स लिमिटेडको पनि ३.८४ प्रतिशतले बढेको छ।

यता युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.४८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ६.३० प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०१ प्रतिशतले घटेको छ।

मंगलबार नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा धेरै २० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १९ करोड ४४ लाख, हिमालयन डिस्टिलरीको १३ करोड ५९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2023
Website | + posts