पूर्वी नेपालमा आएको बाढीले हालसम्म १० जनाको मृत्यु, २६ जना अझै बेपत्ता

पूर्वी नेपालमा आएको बाढीले हालसम्म १० जनाको मृत्यु, २६ जना अझै बेपत्ता : Icon Khabar

काठमाडौं, असार ५ । विपद्का घटनाहरूबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाहरूबाट हालसम्म १० जनाको मृत्यु भएको हो ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए।

त्यस्तै, छ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रूपमा क्षति भएको जानकारी उनले दिए । गृहमन्त्री श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षाका कारण सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताए।

Published Date: 20 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग