अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरूवात, करण केसीले लिए चार विकेट

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरूवात, करण केसीले लिए चार विकेट : Icon Khabar

काठमाडौं, असार ५ । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो उत्कृष्ट सुरुवात गरेको छ । जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले सुरुवाती चार विकेट गुमाएको छ।

पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् ।

करणले पहिले स्टिभन टेलरलाई एलबीडब्लु आउट गरे । त्यसपछि साइतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

तेस्रो विकेटको रुपमा उनले कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए भने चौथो विकेटको रुपमा नोस्थुस केन्जीगेलाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

१० ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा मात्रै १९ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने