योग्य नेपालीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

योग्य नेपालीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह : Icon Khabar

काठमाडौं, असार ५ । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकताको प्रमाणपत्रको माग गर्दै आन्दोलन गर्नेलाई नागरिकताको प्रमाणपत्र दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै नागरिकताको प्रमाणपत्रका लागि राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्नेलाई नागरिकताको अधिकारबाट वञ्चित गर्न नहुने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगले स्थलगत अनुगमन गर्दा धर्नामा बसेका व्यक्तिले जन्मकै आधारमा नागरिकता पाउने भएकाले उनीहरूलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने देखियो । उनले सम्मानपूर्वक बाँच्न पाउने व्यक्तिको अधिकारसँग सम्बन्धित सबै पक्षसँग जोडिएको नागरिकताको अधिकारको सम्मान, संरक्षण र सुनिश्चितता गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको बताए ।

साथै राष्ट्रिय मानवअधिकार आयोगले व्यक्तिको पहिचानको विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको छ । आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउन २५ वर्षीय निरज कामतले असार १३ गते आत्मदाह गर्ने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति