योग्य नेपालीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

योग्य नेपालीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह : Icon Khabar

काठमाडौं, असार ५ । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकताको प्रमाणपत्रको माग गर्दै आन्दोलन गर्नेलाई नागरिकताको प्रमाणपत्र दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै नागरिकताको प्रमाणपत्रका लागि राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्नेलाई नागरिकताको अधिकारबाट वञ्चित गर्न नहुने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगले स्थलगत अनुगमन गर्दा धर्नामा बसेका व्यक्तिले जन्मकै आधारमा नागरिकता पाउने भएकाले उनीहरूलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने देखियो । उनले सम्मानपूर्वक बाँच्न पाउने व्यक्तिको अधिकारसँग सम्बन्धित सबै पक्षसँग जोडिएको नागरिकताको अधिकारको सम्मान, संरक्षण र सुनिश्चितता गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको बताए ।

साथै राष्ट्रिय मानवअधिकार आयोगले व्यक्तिको पहिचानको विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको छ । आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउन २५ वर्षीय निरज कामतले असार १३ गते आत्मदाह गर्ने प्रयास गरेका थिए ।

Published Date: 20 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग