काठमाडौँ र पोखरामा आज देखि हिन्दी फिल्मको प्रदर्शनमा रोक

काठमाडौँ र पोखरामा आज देखि हिन्दी फिल्मको प्रदर्शनमा रोक : Icon Khabar

काठमाडौं, असार ४ । काठमाडौं उपत्यका र पोखराका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ’जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन् ।

हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए । उक्त निर्णय लागू गराउन महानगर प्रमुख बालेन्द्र शाहले हिजै नगर प्रहरी खटाएका थिए ।यसैगरी पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।

आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेको हो ।महानगर प्रमुख धनराज आचार्यले पोखराका हलहरुलाई भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र लेखेका हुन् । पत्रमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म नगर क्षेत्रभित्रका हलमा अन्य भारतीय प्रदर्शन पनि रोक्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 June 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने