काठमाडौँ र पोखरामा आज देखि हिन्दी फिल्मको प्रदर्शनमा रोक

काठमाडौँ र पोखरामा आज देखि हिन्दी फिल्मको प्रदर्शनमा रोक : Icon Khabar

काठमाडौं, असार ४ । काठमाडौं उपत्यका र पोखराका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ’जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन् ।

हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए । उक्त निर्णय लागू गराउन महानगर प्रमुख बालेन्द्र शाहले हिजै नगर प्रहरी खटाएका थिए ।यसैगरी पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।

आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेको हो ।महानगर प्रमुख धनराज आचार्यले पोखराका हलहरुलाई भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र लेखेका हुन् । पत्रमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म नगर क्षेत्रभित्रका हलमा अन्य भारतीय प्रदर्शन पनि रोक्न निर्देशन दिइएको छ ।

Published Date: 19 June 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न