पशुपतिनाथ मन्दिरको सम्पत्तिको दुरुपयोग बढ्दै छ: पूर्व संस्कृति मन्त्री आले

पशुपतिनाथ मन्दिरको सम्पत्तिको दुरुपयोग बढ्दै छ: पूर्व संस्कृति मन्त्री आले : Icon Khabar

काठमाडौं, जेठ ३२ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आलेले पछिल्लो समय पशुपतिनाथमा अनियमितता बढेको दाबी गरेका छन् । उनले सो क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेराका तार काटेर यस्ता गैरकानुनी गतिविधि भइरहेको आरोप लगाए ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले वर्तमान संस्कृति मन्त्री सुदन किरातीले यस्ता अनियमिततालाई छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुको सट्टा जोगाउन खोजेको आरोप लगाए ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पशुपति क्षेत्र विकास कोष र पशुपतिनाथ मन्दिरमा भएका यस्ता अनियमिततामा संलग्नलाई सरकारले कारबाही गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले पशुपतिनाथमा सिसिटिभी क्यामेराको तार काटेर अनियमितता गर्नेलाई कारबाही गर्न माग गरे ।

गोठाटारमा सार्वजनिक जग्गा हिनामिना भएको पनि आलेको दाबी छ । गोठाटारको ५ सय ३५ रोपनी जग्गामध्ये ३१ रोपनी बिचौलियाको मिलेमतोमा हिनामिना भएको आरोप छ ।

उनले काभ्रेपलाञ्चोक जिल्लामा हेलिप्याड निर्माण गर्न मन्त्रालयले दिएको स्वीकृति संविधानविपरीत भएको बताए ।

Published Date: 15 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग