पशुपतिनाथ मन्दिरको सम्पत्तिको दुरुपयोग बढ्दै छ: पूर्व संस्कृति मन्त्री आले

पशुपतिनाथ मन्दिरको सम्पत्तिको दुरुपयोग बढ्दै छ: पूर्व संस्कृति मन्त्री आले : Icon Khabar

काठमाडौं, जेठ ३२ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आलेले पछिल्लो समय पशुपतिनाथमा अनियमितता बढेको दाबी गरेका छन् । उनले सो क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेराका तार काटेर यस्ता गैरकानुनी गतिविधि भइरहेको आरोप लगाए ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले वर्तमान संस्कृति मन्त्री सुदन किरातीले यस्ता अनियमिततालाई छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुको सट्टा जोगाउन खोजेको आरोप लगाए ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पशुपति क्षेत्र विकास कोष र पशुपतिनाथ मन्दिरमा भएका यस्ता अनियमिततामा संलग्नलाई सरकारले कारबाही गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले पशुपतिनाथमा सिसिटिभी क्यामेराको तार काटेर अनियमितता गर्नेलाई कारबाही गर्न माग गरे ।

गोठाटारमा सार्वजनिक जग्गा हिनामिना भएको पनि आलेको दाबी छ । गोठाटारको ५ सय ३५ रोपनी जग्गामध्ये ३१ रोपनी बिचौलियाको मिलेमतोमा हिनामिना भएको आरोप छ ।

उनले काभ्रेपलाञ्चोक जिल्लामा हेलिप्याड निर्माण गर्न मन्त्रालयले दिएको स्वीकृति संविधानविपरीत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने