राजनीतिमा आउने सम्भावना छ: महावीर पुन

राजनीतिमा आउने सम्भावना छ: महावीर पुन : Icon Khabar

काठमाडौं, जेठ ३२ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफू राजनीतिमा आउने सम्भावना रहेको बताएका छन् । बिहीबार ट्वीट गर्दै पुनले एक प्रतिशत मात्रै सफलताको सम्भावना रहेको काममा आफूले सफलता पाइरहेको र अब सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको बताए । यो ट्विटबाट उनी राजनीतिमा आउने संकेत गर्दैछन् भन्ने बुझ्न सकिन्छ ।

उनले ट्वीटरमा आफू राजनीतिक दल खोलेर सरकारमा सहभागी भएर चुनाव लड्ने सम्भावना एक प्रतिशत रहेको उल्लेख गरेका छन् । उनले यसो भन्नुको कारण गण्डकी प्रदेशको अनुसन्धान, आविष्कार र आविष्कार अभियानमा देखिएका सरकारी नीति तथा नियमका अवरोध, अवरोध रहेको बताए ।

उनले लेखेका छन्, ‘गण्डकी प्रदेशको आविष्कार, अनुसन्धान र आविष्कारको अभियानमा मैले अहिले भोग्दै आएको सरकारी नीति तथा नियमका बाधा, अड्चन उस्तै रहे भने म संसद सदस्य बन्ने सम्भावना एक प्रतिशत छ ।”

Published Date: 15 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग