काठमाडौं, जेठ ३२ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सञ्चालित कलेज एक्स्पो बन्द गराएको छ । महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले महानगरको मापदण्ड विपरीत गतिविधि गरिएकाले सो एक्स्पो बन्द गरिएको जानकारी दिए।
महानगरले कक्षा १० को परीक्षा नतिजा प्रकाशन नभएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि गतिविधि वा प्रक्रिया अगाडि नबढाउन यस अघि सूचना प्रकाशन गरेको थियो ।
Published Date: 15 June 2023