सभामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

सभामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, जेठ ३१ । सभामुख देवराज घिमिरेसँग आज दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान(प्रदान, आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ ।

भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवलाई विशेष महत्वका जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले दक्षिण कोरियामा ८५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको बताउँदै नेपालको आर्थिक विकासमा कोरियाको सहयोग उल्लेखनीय रहेको बताए । सभामुखले सामसुङले नेपालमा कारखाना सुरु गरेकोमा धन्यवाद दिँदै नेपालमा थप लगानी गर्न आग्रह गरे ।

राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू ‘शिष्ट, मिहिनेती र अनुशासित’ रहेको टिप्पणी गरे । नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उनले जलविद्युतलगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।

Published Date: 14 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु