नेपालमा मनसुन भित्रियो, सबै भूभागहरूमा केही दिनमा क्रमिक रुपमा मनसुन फैलिँदै जाने

नेपालमा मनसुन भित्रियो, सबै भूभागहरूमा केही दिनमा क्रमिक रुपमा मनसुन फैलिँदै जाने : Icon Khabar

काठमाडौं, जेठ ३१ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ । यद्यपि, यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपाल प्रवेश गरेको मनसुन कोशी, मधेश, बागमती प्रदेशका अधिकाशंक भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा पुगेको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले पश्चिमी वायु र भारतको विहारमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार रातिदेखि उपत्यका सहित देशका पहाडी भूभागमा वर्षा भएको जानकारी दिए।

यसैगरी, बुधबार मधेश प्रदेशको पूर्वी तराईको तापक्रम केही घटे पनि पश्चिम तराईको भने तापक्रम घट्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाए छ ।

Published Date: 14 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग