तराईमा तातो हावाको सम्भावना रहेकाले दिउँसो बाहिर ननिस्कन जल तथा मौसम विज्ञान विभागको आग्रह

तराईमा तातो हावाको सम्भावना रहेकाले दिउँसो बाहिर ननिस्कन जल तथा मौसम विज्ञान विभागको आग्रह : Icon Khabar

काठमाडौं, जेठ २० । देशका विभिन्न स्थानमा विगत केही दिनदेखि अत्याधिक गर्मी बढेको छ जुन अझै केही दिन जारी रहने छ । आगामी पाँच दिनसम्म तातो हावा र तातो हावाको सम्भावना रहेकाले तराईमा विशेषगरी दिउँसो बाहिर ननिस्कन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

तराईमा मात्रै नभई उपत्यका र पहाडी क्षेत्रमा पनि तापक्रम बढ्न सक्ने सम्भाव्यता रहेको विभागका अधिकारीहरुले बताएका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्ला केही दिनदेखि तापक्रम क्रमशः बढ्दै गएको छ । तराईका जिल्लाहरू, मुख्यतया मध्य तराई क्षेत्र र आसपासका क्षेत्रको अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी रहेको छ ।

शुक्रबार विशेष बुलेटिन जारी गर्दै विभागले तातो हावाको सम्पर्कमा आउँदा थकान, कमजोरी, अत्याधिक तिर्खा, टाउको दुख्ने, खुट्टा दुख्ने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने, वान्ता हुने जस्ता समस्या हुन सक्ने बताएको छ । अत्यधिक गर्मीको समयमा सकेसम्म धेरै बाहिर नजानुहोस् र हल्का लुगा लगाउनुहोस्।

त्यसैगरी घरबाहिर निस्कँदा सुती कपडा लगाउन, टाउको छोप्न वा टोपी लगाउन, प्रशस्त पानी र सफ्ट ड्रिंक्स (जुस) बारम्बार पिउने र स्वास्थ्य समस्या परेमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन पनि विभागका पदाधिकारीहरूले आग्रह गरेका छन् ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै पश्चिमी वायु सक्रिय नहुँदा वर्षा नहुँदा गर्मी बढेको मौसमविद्ले बताएका छन् । असारको तेस्रो साताबाट सामान्य हुने गरी नेपालमा मनसुन प्रवेश नहुँदासम्म तापक्रम केही बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने