तराईमा तातो हावाको सम्भावना रहेकाले दिउँसो बाहिर ननिस्कन जल तथा मौसम विज्ञान विभागको आग्रह

तराईमा तातो हावाको सम्भावना रहेकाले दिउँसो बाहिर ननिस्कन जल तथा मौसम विज्ञान विभागको आग्रह : Icon Khabar

काठमाडौं, जेठ २० । देशका विभिन्न स्थानमा विगत केही दिनदेखि अत्याधिक गर्मी बढेको छ जुन अझै केही दिन जारी रहने छ । आगामी पाँच दिनसम्म तातो हावा र तातो हावाको सम्भावना रहेकाले तराईमा विशेषगरी दिउँसो बाहिर ननिस्कन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

तराईमा मात्रै नभई उपत्यका र पहाडी क्षेत्रमा पनि तापक्रम बढ्न सक्ने सम्भाव्यता रहेको विभागका अधिकारीहरुले बताएका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्ला केही दिनदेखि तापक्रम क्रमशः बढ्दै गएको छ । तराईका जिल्लाहरू, मुख्यतया मध्य तराई क्षेत्र र आसपासका क्षेत्रको अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी रहेको छ ।

शुक्रबार विशेष बुलेटिन जारी गर्दै विभागले तातो हावाको सम्पर्कमा आउँदा थकान, कमजोरी, अत्याधिक तिर्खा, टाउको दुख्ने, खुट्टा दुख्ने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने, वान्ता हुने जस्ता समस्या हुन सक्ने बताएको छ । अत्यधिक गर्मीको समयमा सकेसम्म धेरै बाहिर नजानुहोस् र हल्का लुगा लगाउनुहोस्।

त्यसैगरी घरबाहिर निस्कँदा सुती कपडा लगाउन, टाउको छोप्न वा टोपी लगाउन, प्रशस्त पानी र सफ्ट ड्रिंक्स (जुस) बारम्बार पिउने र स्वास्थ्य समस्या परेमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन पनि विभागका पदाधिकारीहरूले आग्रह गरेका छन् ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै पश्चिमी वायु सक्रिय नहुँदा वर्षा नहुँदा गर्मी बढेको मौसमविद्ले बताएका छन् । असारको तेस्रो साताबाट सामान्य हुने गरी नेपालमा मनसुन प्रवेश नहुँदासम्म तापक्रम केही बढ्ने अनुमान गरिएको छ ।

Published Date: 03 June 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न