नेमकिपाद्वारा नागरिकता विधेयकको प्रमाणीकरण तत्काल खारेज गर्न माग

नेमकिपाद्वारा  नागरिकता विधेयकको प्रमाणीकरण तत्काल खारेज गर्न माग : Icon Khabar

भक्तपुर, जेठ १८ । नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकको प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलबस्तु गाभेर तयार गरेको भारतको नक्सा तत्काल खारेज गर्न माग गरेको छ ।

पार्टी सचिव प्रेम सुवालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयकको विरोध र आलोचना गरेका हुन् ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रविरोधी नागरिकता विधेयकको प्रमाणीकरणविरुद्ध प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा ‘संसदको अनुमतिबिना तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गरेको वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नु संसदको सर्वोच्चता र संसदीय परम्परा विरुद्धको हो ।” भनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा पूर्व राष्ट्रपतिले अस्वीकृत गरेको विधेयक संसदको अनुमतिबिना मान्य मान्न नसकिने उल्लेख छ । ‘२०७२ असोज ३ गते अघि जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका सन्तान र विदेशी नागरिकसँग विवाह गरेका नेपाली महिलाबाट जन्मेका विदेशीका सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकता दिने विधेयकको व्यवस्था नेपालीको हितमा छैन । ’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेटेर भारतीय विस्तारवादअन्तर्गत तयार पारिएको नक्सा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा भारतीय विस्तारवादको हस्तक्षेप भएको भन्दै गत जेठ १४ गते भारतको संसद भवनमा राखेको पार्टीले विरोध गरेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मजदुर किसान पार्टी भारतीय विस्तारवादको यो हस्तक्षेपको विरोध र निन्दा गर्दछ ।

‘भारतको यो नयाँ नक्सा खारेज गर्न पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले ल्याउनु जरुरी छ । यो नक्सा खारेज नभएसम्म देशभक्त नेपाली जनताले भारतीय विस्तारवाद विरुद्ध संघर्ष जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने