नेमकिपाद्वारा नागरिकता विधेयकको प्रमाणीकरण तत्काल खारेज गर्न माग

नेमकिपाद्वारा  नागरिकता विधेयकको प्रमाणीकरण तत्काल खारेज गर्न माग : Icon Khabar

भक्तपुर, जेठ १८ । नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकको प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलबस्तु गाभेर तयार गरेको भारतको नक्सा तत्काल खारेज गर्न माग गरेको छ ।

पार्टी सचिव प्रेम सुवालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयकको विरोध र आलोचना गरेका हुन् ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रविरोधी नागरिकता विधेयकको प्रमाणीकरणविरुद्ध प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा ‘संसदको अनुमतिबिना तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गरेको वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नु संसदको सर्वोच्चता र संसदीय परम्परा विरुद्धको हो ।” भनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा पूर्व राष्ट्रपतिले अस्वीकृत गरेको विधेयक संसदको अनुमतिबिना मान्य मान्न नसकिने उल्लेख छ । ‘२०७२ असोज ३ गते अघि जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका सन्तान र विदेशी नागरिकसँग विवाह गरेका नेपाली महिलाबाट जन्मेका विदेशीका सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकता दिने विधेयकको व्यवस्था नेपालीको हितमा छैन । ’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेटेर भारतीय विस्तारवादअन्तर्गत तयार पारिएको नक्सा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा भारतीय विस्तारवादको हस्तक्षेप भएको भन्दै गत जेठ १४ गते भारतको संसद भवनमा राखेको पार्टीले विरोध गरेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मजदुर किसान पार्टी भारतीय विस्तारवादको यो हस्तक्षेपको विरोध र निन्दा गर्दछ ।

‘भारतको यो नयाँ नक्सा खारेज गर्न पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले ल्याउनु जरुरी छ । यो नक्सा खारेज नभएसम्म देशभक्त नेपाली जनताले भारतीय विस्तारवाद विरुद्ध संघर्ष जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

 

Published Date: 01 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी