इबीए र नेसनल युनाइटेडलाई सफलता

इबीए र नेसनल युनाइटेडलाई सफलता : Icon Khabar

काठमाडौँ, जेठ १८ । इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा इबीएले ग्राम शिक्षालाई २४–१७ ले पराजित गरे । इबीएको जितमा छवि भोटेले १३ अंक योगदान गरे । अनित रेगनको ७ अंक सहयोगमा नेसनल युनाइटेडले नव ज्ञान भुमिलाई २१–१७ ले हरायो ।

सिनियर ब्वाइजमै युनिभर्सिटीले जुगललाई २४–१९, गोल्डेनपिकले हिमालयन किङडमलाई ४०–३०, गोल्डेनपिकले नै मन्जरीलाई ४९–३८ र टीआईएले साइपाल एकेडेमीलाई २४–२२ ले पाखा लगाए । युनिभर्सिटीका रेमन शाक्यले १२, गोल्डेनपिकका सुविन तामाङले १६, गोल्डेनपिककै विजय तामाङले १७ र टीआईएका रोशन नगरकोटीले ९ स्कोर गरे ।

सिनियर गल्र्समा जुगलले भद्रकालीलाई २१–१७, पृथ्वीले हिमालयन किङडमलाई ३०–२४ र साइपालले इबीएलाई १६–१० ले पन्छाए । जुगलकी आशिका जिरेलले ९, पृथ्वीकी बविता घिमिरेले १५ र साइपालकी आयुष्मा पाख्रिनले ८ अंक जोडे ।

जुनियर ब्वाइजमा स्किब्सले भ्याली पब्लिकलाई २३–१७ तथा गोल्डेनपिकले हिमालयन किङडमलाई ३०–२१ ले पराजित गरे । स्किब्सका प्रवेश भण्डारी गोल्डेनपिकका अमन गुरुङले समान १२–१२ स्कोर गरे ।

Published Date: 01 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु