इबीए र नेसनल युनाइटेडलाई सफलता

इबीए र नेसनल युनाइटेडलाई सफलता : Icon Khabar

काठमाडौँ, जेठ १८ । इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा इबीएले ग्राम शिक्षालाई २४–१७ ले पराजित गरे । इबीएको जितमा छवि भोटेले १३ अंक योगदान गरे । अनित रेगनको ७ अंक सहयोगमा नेसनल युनाइटेडले नव ज्ञान भुमिलाई २१–१७ ले हरायो ।

सिनियर ब्वाइजमै युनिभर्सिटीले जुगललाई २४–१९, गोल्डेनपिकले हिमालयन किङडमलाई ४०–३०, गोल्डेनपिकले नै मन्जरीलाई ४९–३८ र टीआईएले साइपाल एकेडेमीलाई २४–२२ ले पाखा लगाए । युनिभर्सिटीका रेमन शाक्यले १२, गोल्डेनपिकका सुविन तामाङले १६, गोल्डेनपिककै विजय तामाङले १७ र टीआईएका रोशन नगरकोटीले ९ स्कोर गरे ।

सिनियर गल्र्समा जुगलले भद्रकालीलाई २१–१७, पृथ्वीले हिमालयन किङडमलाई ३०–२४ र साइपालले इबीएलाई १६–१० ले पन्छाए । जुगलकी आशिका जिरेलले ९, पृथ्वीकी बविता घिमिरेले १५ र साइपालकी आयुष्मा पाख्रिनले ८ अंक जोडे ।

जुनियर ब्वाइजमा स्किब्सले भ्याली पब्लिकलाई २३–१७ तथा गोल्डेनपिकले हिमालयन किङडमलाई ३०–२१ ले पराजित गरे । स्किब्सका प्रवेश भण्डारी गोल्डेनपिकका अमन गुरुङले समान १२–१२ स्कोर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts




ताजा
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने