विदेशी सोशल मिडिया इन्फलुयन्सरहरुको नेपाल भ्रमण

नेपाल साच्चिकै प्राकृतिक सौन्दर्यको खानी भएको प्रतिक्रिया

विदेशी सोशल मिडिया इन्फलुयन्सरहरुको नेपाल भ्रमण : Icon Khabar

काठमाडौं, जेठ १८ । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआईडीसँग व्यापार र प्रतिस्पर्धात्मक साझेदारी कार्यक्रमसंग गरेको सहकार्य अनुरुप नेपाल आएका विभिन्न देशका सोशल मिडिया इन्फलुयन्सरहरुको नेपाल भ्रमण गरेका छन् । नेपालका प्रमुख पर्यटकीय गन्तव्यकौ भ्रमणसंगै उनीहरुले नेपाल साच्चिकै प्राकृतिक सौन्दर्यको खानी भएको प्रतिक्रिया दिएका छन् ।

उनीहरुले नेपालका काठमाण्डौं, पोखरा, मुक्तिनाथ,लुम्बिनी ,चितवन लगायतका स्थानको भ्रमण गर्दै नेपाल प्राकृतिक सौन्दर्य र धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटनका लागि अनुपम संगम रहेको प्रतिक्रिया दिए । नेपालको पर्यटन प्रवर्द्धनमा सोसन मिडिया र स्टोरी टेलिङको माध्यमलाई कति उपयोग गर्ने भन्ने विषयमा नेपाल पर्यटन बोर्ड र युएसआइडी नेपालको सहकार्यमा कार्यशाला समेत गरिएको थियो कार्यशाला लगत्तै इन्फलुयन्सरको टिमले नेपालमा मुख्य मुख्य पर्यटकीय गन्तब्य भ्रमण गरेका छन् ।

सो भ्रमणमा युएसआइडी अन्तर्गत स्टेलटरका साझेदार निर्देशक भाजुल सजाकास, तथा सोस मिडिया एन्फुलुएन्सर केनान मुर्फी, लिन्डसे स्टेभन, एरिक मार्ट, अलिसन वोल्फ लगायतले आप्नो सोशल मिडिया पेजमा नेपालका तस्वीरहरु शेयर गर्दै नेपालको भ्रमण अविस्मरणीय भएको उल्लेख गरेका छन् । पछिल्लो समय आम मानिस सोसल मिडियामा अभ्यस्त भइरहेको सन्र्दभमा विदेशी इन्फुल्यन्सरद्धारा नेपाली पर्यटकीय गन्तव्यको प्रचार हुँदा यसबाट नेपालमा विदेशी पर्यटक बढने अपेक्षा गरिएको छ । यस्तै यो अभियानले कोभिड–१९ को प्रभावबाट पर्यटन क्षेत्रको पुनःप्राप्तिलाई तीव्रता दिन, उच्च मूल्यवान यात्रुहरूलाई नेपालतर्फ आकर्षित गर्न र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धधन गर्दै सम्भावित व्यापार र लगानी सम्बन्धहरू बढाउँदै अपेक्षा गरिएको छ ।

यसैबीच काठमाडौंमा भएको कार्यक्रममा स्टेलरका अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरूले लुम्बिनी, मुस्ताङ र चितवनको आफ्नो यात्राबाट खिचिएका भिडियो र तस्बिरहरूमार्फत नेपाललाई हाइलाइट गर्न आगामी वर्षका आफ्ना अनुभव सार्वजनिक गरेका थिए ।

कार्यक्रममा युएसएडका नेपालका कार्यवाहक मिशन निर्देशक, करेन वेल्चले नेपाल पदयात्रा र पर्वतारोहणका लागि राम्रो गन्तव्य भएको बताउँदै यो कार्यक्रमले नेपालको अन्तरराष्टिय रुपमा थप प्रचार हुने बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआईडीसँग व्यापार र प्रतिस्पर्धात्मक साझेदारी कार्यक्रमसंग गरेको सहकार्य सकारात्म्क रहको उल्लेख गर्दै इन्फलुएन्सरहरुबाट हुने डिजिटल्ली प्रचारले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts