मलेसियामाथि नेपालको सहज जित

मलेसियामाथि नेपालको सहज जित : Icon Khabar

काठमाडौं, जेठ १८ । नेपालले तेस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि २७ रनको सहज जित हात पारेको छ । नेपालले लगातार दोस्रो जित निकालेपछि पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएको छ ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनायो । मलेसियाको लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनमा नटआउट भएपनि टोलीको हार टार्न सकिनन् । ओपनर विनीफ्रेड आनी दुराईसिंघमले ३८ बलमा १ चौकासहित २० रन बनाइन् ।

अन्य कुनैपनि मलेसियाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान मास एलिसा २ र हामिजाह हासिम डक आउट भए ।
नेपालकी इन्दु बर्माले ३ ओभरमा ७ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासेले १५ बलमा ३ चौका र १ छक्कासहित २७ रनको आक्रामक इनिङ खेलेकी थिइन् ।

नेपालले दोस्रो ओभरको अन्तिम बलमै ओपनर कविता कुँवरलाई २ रनमै गुमाएको थियो । मध्य गतिकी बलर निक नुरको बलमा कट खेल्ने धुनमा मिस भएपछि कविता बोल्ड हुन पुगेकी थिइन् । दोस्रो विकेटका लागि सीताराना मगर र ज्योति पाण्डेले ३५ रनको साझेदारी गरेका थिए ।

ज्योति २४ बलमा ३ चौकासहित २३ रनमा क्याच आउट भइन् । ऐश्या एलिसाको बलमा ठूलो सट खेल्ने धुनमा ज्योति क्याच आउट हुन पुगेकी थिइन् । तेस्रो विकेटका लागि सीता र इन्दुले ३२ रनको साझेदारी गरेका थिए ।

सीता ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३० बलमा २० रन बनाइन् । रुविना १९ औं ओभरको पाँचौं बलमा रन आउट भएकी थिइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा नटआउट रहेका थिए ।

मलेसियाकी निक नुर डीनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । एलिसा फिर्दुजले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । विनफ्रिद आनीले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपालले चौथो खेल शनिबार र पाँचौं खेल आइतबार खेल्नेछ ।

Published Date: 01 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी