मलेसियामाथि नेपालको सहज जित

मलेसियामाथि नेपालको सहज जित : Icon Khabar

काठमाडौं, जेठ १८ । नेपालले तेस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि २७ रनको सहज जित हात पारेको छ । नेपालले लगातार दोस्रो जित निकालेपछि पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएको छ ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनायो । मलेसियाको लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनमा नटआउट भएपनि टोलीको हार टार्न सकिनन् । ओपनर विनीफ्रेड आनी दुराईसिंघमले ३८ बलमा १ चौकासहित २० रन बनाइन् ।

अन्य कुनैपनि मलेसियाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान मास एलिसा २ र हामिजाह हासिम डक आउट भए ।
नेपालकी इन्दु बर्माले ३ ओभरमा ७ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासेले १५ बलमा ३ चौका र १ छक्कासहित २७ रनको आक्रामक इनिङ खेलेकी थिइन् ।

नेपालले दोस्रो ओभरको अन्तिम बलमै ओपनर कविता कुँवरलाई २ रनमै गुमाएको थियो । मध्य गतिकी बलर निक नुरको बलमा कट खेल्ने धुनमा मिस भएपछि कविता बोल्ड हुन पुगेकी थिइन् । दोस्रो विकेटका लागि सीताराना मगर र ज्योति पाण्डेले ३५ रनको साझेदारी गरेका थिए ।

ज्योति २४ बलमा ३ चौकासहित २३ रनमा क्याच आउट भइन् । ऐश्या एलिसाको बलमा ठूलो सट खेल्ने धुनमा ज्योति क्याच आउट हुन पुगेकी थिइन् । तेस्रो विकेटका लागि सीता र इन्दुले ३२ रनको साझेदारी गरेका थिए ।

सीता ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३० बलमा २० रन बनाइन् । रुविना १९ औं ओभरको पाँचौं बलमा रन आउट भएकी थिइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा नटआउट रहेका थिए ।

मलेसियाकी निक नुर डीनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । एलिसा फिर्दुजले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । विनफ्रिद आनीले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपालले चौथो खेल शनिबार र पाँचौं खेल आइतबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने