सन्दीप र मोन्टी नेपाली टोलीसँग दक्षिण अफ्रिका नजाने

सन्दीप र मोन्टी नेपाली टोलीसँग दक्षिण अफ्रिका नजाने : Icon Khabar

काठमाडौं, जेठ १७ । मुख्य प्रशिक्षक मोन्टी देशाई र स्पिनर सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीसँग आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि अन्तिम तयारी गर्न दक्षिण अफ्रिका नजाने भएका छन् । नेपाली क्रिकेट टोली आज राती साढे दुई बजे दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ ।

नेपालका प्रमुख स्पिनर सन्दीप बलात्कार आरोपको पेशी र मोन्टी भिसाको कारण टोलीसँग नजाने भएका हुन् । सन्दीप दक्षिण अफ्रिका जाने सम्भावना निकै कम छ । मोन्टी भिसा प्राप्त भएपछि जानेछन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको अन्तिम फैसला नआएसम्म विदेश भ्रमणमा नपठाउने बताएका छन् । ‘सन्दीपको एक हप्तापछि पेशी छ ।

उता मुख्य प्रशिक्षक मोन्टी अमेरिका गएका थिए । तर भिसा नलागेपछि उनी आज राती भारत पुग्ने बताइएको छ । त्यसैको कारण उनी पनि टोलीमा हुने छैनन् । मोन्टी भिसा आउने बितिक्कै जान्छन्।’ नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ।

Published Date: 31 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर