सन्दीप र मोन्टी नेपाली टोलीसँग दक्षिण अफ्रिका नजाने

सन्दीप र मोन्टी नेपाली टोलीसँग दक्षिण अफ्रिका नजाने : Icon Khabar

काठमाडौं, जेठ १७ । मुख्य प्रशिक्षक मोन्टी देशाई र स्पिनर सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीसँग आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि अन्तिम तयारी गर्न दक्षिण अफ्रिका नजाने भएका छन् । नेपाली क्रिकेट टोली आज राती साढे दुई बजे दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ ।

नेपालका प्रमुख स्पिनर सन्दीप बलात्कार आरोपको पेशी र मोन्टी भिसाको कारण टोलीसँग नजाने भएका हुन् । सन्दीप दक्षिण अफ्रिका जाने सम्भावना निकै कम छ । मोन्टी भिसा प्राप्त भएपछि जानेछन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको अन्तिम फैसला नआएसम्म विदेश भ्रमणमा नपठाउने बताएका छन् । ‘सन्दीपको एक हप्तापछि पेशी छ ।

उता मुख्य प्रशिक्षक मोन्टी अमेरिका गएका थिए । तर भिसा नलागेपछि उनी आज राती भारत पुग्ने बताइएको छ । त्यसैको कारण उनी पनि टोलीमा हुने छैनन् । मोन्टी भिसा आउने बितिक्कै जान्छन्।’ नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 31 May 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न