रेशम चौधरी जेलमुक्त

रेशम चौधरी जेलमुक्त : Icon Khabar

काठमाडौं, जेठ १५ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज रिहा भएका छन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर चौधरी आज जेलमुक्त भएका हुन् । चौधरीसहित ७ जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय वैशाख २९ गते गणतन्त्र दिवसको अवसरमा माफी भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसहित १९ जनाको जेल सजाय मिनाह गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीको जेल सजाय माफी सिफारिस गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने