रेशम चौधरी जेलमुक्त

रेशम चौधरी जेलमुक्त : Icon Khabar

काठमाडौं, जेठ १५ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज रिहा भएका छन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर चौधरी आज जेलमुक्त भएका हुन् । चौधरीसहित ७ जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय वैशाख २९ गते गणतन्त्र दिवसको अवसरमा माफी भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसहित १९ जनाको जेल सजाय मिनाह गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीको जेल सजाय माफी सिफारिस गर्ने निर्णय गरेको हो ।

Published Date: 29 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग