यस्ता व्यक्तिले भूलेर पनि नखानुहोस् मेथिका दाना

यस्ता व्यक्तिले भूलेर पनि नखानुहोस् मेथिका दाना : Icon Khabar

काठमाडौँ, जेठ १४ । मेथिको उपयोग स्वादका लागी मात्र किचनमा प्रयोग नभई कयौँ मानिसहरू स्वास्थ्य लाभका लागी पनि यसलाई औषधीको रूपमा प्रयोग गर्ने गर्छन । यदि तपाई पनि स्वास्थ्यको लागी मेथिदाना खानुहुन्छ भने यसबाट हुने नोक्सान बारे पनि अवश्य जानकारी राख्नुहोस् ।

१) यो आवश्यक छैन कि मेथिदाना सबैको लागी फाइदायुक्त छ। केही मानिसका लागी यो नोक्सानदायक पनि हुन्छ। विशेषगरी जो मानिसहरू ब्लडशुगर वा डायबिटीजको रोगी हुन्छन् उनीहरूले यसको सेवन सावधानीपूर्वक गर्नुपर्दछ किनभने यसले शुगरको स्तरलाई प्रभावित गर्छ।

२) कयौँ पटक यसलाई खाँदा पेटमा समस्या पनि हुन्छ। जस्तै पेटमा ग्याँस बन्नु, खट्टो डकार आउनु आदि। यसबाट बँच्नको लागी यसको मात्राको विशेष ध्यान राख्नुहोस्।

३) कयौँ पटक मेथीदाना खानाले त्वचा सम्बन्धी समस्या पनि हुनसक्छ त्वचामा सूजन वा दुखाई जस्ता समस्या पनि यसको सेवन गर्नाले हुनसक्छ।

४) यो गरम प्रकृतीको हुन्छ। यसबाट मूत्र सम्बन्धी समस्या पनि हुनसक्छ। मूत्रमा अनौठो गन्ध आउने वा अन्य समस्याबाट बँच्नको लागी यसको प्रयोग सोच-विचार गरेर गर्नुहोस्।

५) गर्भवती महिला र नवजात शिशुको आमाले यसको प्रयोगमा सावधानीपूर्वक सचेत रहनुपर्दछ । यसबाट पखाला जस्ता समस्या हुनसक्छ।

Published Date: 28 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग