त्रिशालाई स्वर्ण

त्रिशालाई स्वर्ण : Icon Khabar

काठमाडौं, जेठ १३ । त्रिशा गुरुङले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा श्री स्याङजा रापाकोट तमु मिलिजुली समाज, पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा त्रिशाले प्रजिता मुदभानीलाई ११–५, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरिन् । सक्रिय पोखरेल र राजश्री अधिकारी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्ने खेलाडी कास्कीका हुन् ।

पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबलटेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्य, ललितपुर टीटी क्लबका प्रकाश धाक्वा, खोल्छा पुखुका नदिमरत्न शाक्य र च्यासल युथ क्लबका किरण व्यञ्जनकारले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको पोखरा महानगरपालिका वडा २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा विभिन्न ८ जिल्लाका १ सय ६ खेलाडी सहभागी छन् ।

Published Date: 27 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग