नेपाली राष्ट्रिय तेक्वान्दो टिम वल्र्ड च्याम्पियनशिमको लागि विदाई

नेपाली राष्ट्रिय तेक्वान्दो टिम वल्र्ड च्याम्पियनशिमको लागि विदाई : Icon Khabar

काठमाडौं, जेठ १० । आगामी मिति २०८० साल जेष्ठ १५ देखि २१ गतेसम्म मित्र राष्ट्र अजरवैजानको बाकु शहरमा सञ्चालन हुने बाकु २०२३ वल्र्ड तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय तेक्वान्दो टिम सहभागी हुन लागेको छ ।

युवा तथा खेलकुद मन्त्रालय,सिंहदरबार काठमाण्डौमा माननीय मन्त्री डिग बहादुर लिम्बुूबाट सहभागी हुने टिमका खेलाडी तथा प्रशिक्षकलाई खादामाला सहित शुभकामनाका साथ बिदाई गरेको हो ।

सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो टिमका खेलाडीहरु पुरुष तर्फ वीर बहादुर महरा (–६८ केजी), निरज देउबा (–८७ केजी), गोविन्द बहादुर आले (–६३ केजी) रसुमित विष्ट (–५४ केजी) रहेका छन् ।

महिला तर्फ इन्दिरा बस्नेत (–६७ केजी), आयशा लामा (–५३ केजी) काजल श्रेष्ठ (–४९ केजी) र युनिशा राई (–४६ केजी) रहेका छन् ।

प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावल सहभागी हुने भएको छन् । विदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महाुसचिब दिपराज गुरुङ्ग र केन्द्रीय सदस्य कुमार लामा घिसिङ्ग लगायत उपस्थितिका साथ विदाई गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 May 2023
Website | + posts