नेपाली राष्ट्रिय तेक्वान्दो टिम वल्र्ड च्याम्पियनशिमको लागि विदाई

नेपाली राष्ट्रिय तेक्वान्दो टिम वल्र्ड च्याम्पियनशिमको लागि विदाई : Icon Khabar

काठमाडौं, जेठ १० । आगामी मिति २०८० साल जेष्ठ १५ देखि २१ गतेसम्म मित्र राष्ट्र अजरवैजानको बाकु शहरमा सञ्चालन हुने बाकु २०२३ वल्र्ड तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय तेक्वान्दो टिम सहभागी हुन लागेको छ ।

युवा तथा खेलकुद मन्त्रालय,सिंहदरबार काठमाण्डौमा माननीय मन्त्री डिग बहादुर लिम्बुूबाट सहभागी हुने टिमका खेलाडी तथा प्रशिक्षकलाई खादामाला सहित शुभकामनाका साथ बिदाई गरेको हो ।

सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो टिमका खेलाडीहरु पुरुष तर्फ वीर बहादुर महरा (–६८ केजी), निरज देउबा (–८७ केजी), गोविन्द बहादुर आले (–६३ केजी) रसुमित विष्ट (–५४ केजी) रहेका छन् ।

महिला तर्फ इन्दिरा बस्नेत (–६७ केजी), आयशा लामा (–५३ केजी) काजल श्रेष्ठ (–४९ केजी) र युनिशा राई (–४६ केजी) रहेका छन् ।

प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावल सहभागी हुने भएको छन् । विदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महाुसचिब दिपराज गुरुङ्ग र केन्द्रीय सदस्य कुमार लामा घिसिङ्ग लगायत उपस्थितिका साथ विदाई गरेको थियो ।

Published Date: 24 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु