वीरगन्ज महानगरद्वारा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३६ करोड रुपैयाँ राजश्व संकलन

वीरगन्ज महानगरद्वारा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३६ करोड रुपैयाँ राजश्व संकलन : Icon Khabar

वीरगन्ज, जेठ ५ । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो १० महिनामा २६ विभिन्न शीर्षकमा ३६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

महानगरपालिका राजस्व शाखाका प्रमुख मनोजकुमार कर्णले सम्पत्ति करबाट १४ करोड, घरभाडा कर ५ करोड र व्यवसाय दर्ता शुल्कबाट २ करोड २० लाख असुली भएको जानकारी दिए ।

त्यसैगरी सरकारी सम्पत्ति करबाट २ करोड ७० लाख र अन्य सेवा शुल्कबाट २ करोड रुपैयाँ असुली भएको छ ।

गत वर्ष सोही शीर्षकमा ४७ करोड रुपैयाँ शुल्क उठेको भए पनि यस वर्ष घर दर्ता शीर्षकमा राजस्व २० करोड पुग्न नसक्ने अवस्था रहेको कर्णले बताए ।

Published Date: 19 May 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग