वीरगन्ज महानगरद्वारा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३६ करोड रुपैयाँ राजश्व संकलन

वीरगन्ज महानगरद्वारा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३६ करोड रुपैयाँ राजश्व संकलन : Icon Khabar

वीरगन्ज, जेठ ५ । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो १० महिनामा २६ विभिन्न शीर्षकमा ३६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

महानगरपालिका राजस्व शाखाका प्रमुख मनोजकुमार कर्णले सम्पत्ति करबाट १४ करोड, घरभाडा कर ५ करोड र व्यवसाय दर्ता शुल्कबाट २ करोड २० लाख असुली भएको जानकारी दिए ।

त्यसैगरी सरकारी सम्पत्ति करबाट २ करोड ७० लाख र अन्य सेवा शुल्कबाट २ करोड रुपैयाँ असुली भएको छ ।

गत वर्ष सोही शीर्षकमा ४७ करोड रुपैयाँ शुल्क उठेको भए पनि यस वर्ष घर दर्ता शीर्षकमा राजस्व २० करोड पुग्न नसक्ने अवस्था रहेको कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 May 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने