यार्सागुम्बा टिप्न गएका एक जनाको पहाडबाट खसेको ढुंगाले लागेर मृत्यु

यार्सागुम्बा टिप्न गएका एक जनाको पहाडबाट खसेको ढुंगाले लागेर मृत्यु : Icon Khabar

दार्चुला, जेठ ५ । दार्चुलाको व्यास गाउँपालिका–१ कुन्तीमा यार्सागुम्बा टिप्न गएका एक जनाको पहाडबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ ।

दुर्घटनामा परी छाङरु गाउँका ४२ वर्षीय वीरसिंह यतवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

अर्का यार्सा कलेक्टर पुष्कर यतिवाल घाइते भएका र उनको घरमै प्राथमिक स्वास्थ्य उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 19 May 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग