बुधबार नेप्से परिसूचक २३.३९ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २३.३९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ ३ । नेप्से परिसूचक आज पनि उकालो लागेको छ। बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो ।

बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसूचकहरुमा हरियाली देखिएको छ ।

जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै (२.२८ प्रतिशत)ले कमाएका छन् । आज आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रो र ग्रिनलाइफ हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । माइखोला हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले घटेर २७७.६० रुपैयाँमा झरेको छ । शिवम सिमेन्ट, नेपाल टेलिकम, एनआइसी एसियासहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।

Published Date: 17 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग