बुधबार नेप्से परिसूचक २३.३९ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २३.३९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ ३ । नेप्से परिसूचक आज पनि उकालो लागेको छ। बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो ।

बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसूचकहरुमा हरियाली देखिएको छ ।

जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै (२.२८ प्रतिशत)ले कमाएका छन् । आज आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रो र ग्रिनलाइफ हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । माइखोला हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले घटेर २७७.६० रुपैयाँमा झरेको छ । शिवम सिमेन्ट, नेपाल टेलिकम, एनआइसी एसियासहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 May 2023
Website | + posts