सडक सुरक्षा सप्ताहको अवसरमा ‘सडक यात्रा’ नामक कार्टुन प्रदर्शन काठमाडौँमा सुरु

सडक सुरक्षा सप्ताहको अवसरमा ‘सडक यात्रा’ नामक कार्टुन प्रदर्शन काठमाडौँमा सुरु : Icon Khabar

काठमाडौं, जेठ २ । संयुक्त राष्ट्रसंघबाट आह्वान भएको सडक सुरक्षा सप्ताह (मे १५–२१, २०२३) को अवसरमा ‘सडक यात्रा’ नामक कार्टुन प्रदर्शन मंगलबारदेखि सुरु भएको छ ।

काठमाडौं, बबरमहल स्थित नेपाल कला परिषद्मा आयोजित कार्टुन प्रदर्शनीको आज भौतिक योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे । सडक सुरक्षामा व्यंग्यचित्र मार्फत जनचेतना जगाउने उद्धेश्यले थालिएको प्रदर्शनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद्, नेपाल प्रहरी, सडक सुरक्षा समाज र कार्टूनिस्ट क्लब अफ नेपाल तथा रोटरी क्लब इन्टरनेशनलले संयुक्त रुपमा आयोजनामा गरेका हुन् ।

कार्टुन प्रदर्शनीमा नेपालका २६ जना कार्टुनिस्टहरु अविन श्रेष्ठ, बासु क्षितिज, योगेश खपाङ्गी, रविन्द्र मानन्धर, रवि मिश्र, केशवराज खनाल, दिपक गौतम, उमेशचन्द्र अधिकारी, देवेन्द्र थुम्केली, भानु भट्टराई, सुदर्शन सिग्देल, राजेश मानन्धर, रामकृष्ण थापा, सागर शाह, सानुराज डंगोल, विश्व थापा, सुजिता महर्जन, कृष्ण गोपाल श्रेष्ठ, पल्पसा मानन्धर, महेश बस्ताकोटी, पानसिंह तोमर, रामहरी रिमाल, आशिस खनाल, अकृन अधिकारी, अनुप गुरुङ र अर्पिता शाक्यका सन्देशमूलक व्यंग्यचित्रहरु समावेश छन् ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले भने, स्ट्रोकहरु, जीवन्त रंगहरु र हास्य स्पर्शका साथ हाम्रा कलाकारहरुले आजको दु्रतगतिको संसारमा पैदल यात्रीहरु, साइकल चालकहरु, सवारी चालकहरु र यात्रुहरुले सामना गर्ने असंख्य चुनौतीलाई चित्रण गरेका छन् । हाम्रो कला मार्फत् हामी सडक सुरक्षाको वरिपरि चलिरहेका बहसमा योगदान दिन चाहन्छौं ।’

Published Date: 16 May 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी