इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित : Icon Khabar

काठमाडौं, जेठ २ । इजिप्टका फरवार्ड मोहम्मद सलाहको ह्याट्रिक असिस्ट मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पार्दै शीर्ष चारको सम्भावना बलियो बनाएको छ ।

लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित हात पार्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको हो । किङ पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जितमा कर्टिस जोन्सले दुई तथा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले एक गोल गरे । तीनै गोलमा मोहम्मद सलाहले असिस्ट प्रदान गरे ।

खेलको ३३औं मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलले १–० को अग्रता लिन सफल भयो । उनले सलाहको पासमा गोल गर्न सफल भए । ३६औं मिनेटमा कर्टिस जोन्सले सलाहकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि लिभरपुल पहिलो हाफमा २–० ले अघि बढ्यो ।

त्यसपछि ७१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले गोल गर्दै लिभरपुलको जित पक्का गरे । आर्नाेल्डले सलाहकै पासमा गोल गर्न सफल भएका थिए । यस खेलमा सलाहले गोल गर्न नसकेपनि ह्याट्रिक असिस्ट दिए ।

यस जितसँगै पाँचौं स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ६५ अंक पुगेको छ । पराजित लेस्टरलाई भने रेलिगेसनको दवाव बढेको छ । लेस्टर ३६ खेलबाट ३० अंक जोडेर १९औं स्थानमा छ । साउथह्यामटन रेलिगेसनमा परिसक्दा लेस्टरसँगै नटिङहम फरेस्ट, एभर्टन र लिड्समध्येबाट दुई टोली रेलिगेसनमा पर्नेछ । –एजेन्सी

Published Date: 16 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर