नेपाल र नाउरूबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नाउरूबीच कूटनीतिक सम्बन्ध स्थापना : Icon Khabar

वासिङ्टन डिसी, वैशाख २२ । नेपालले बिहीबार नाउरुसँग कूटनीतिक सम्बन्धमा हस्ताक्षर गरेको छ ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमृत राई र नाउरुका स्थायी प्रतिनिधि राजदूत मार्गो डेइले न्यूयोर्कमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ ।

योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १७९ पुगेको छ । दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिवलाई सो जानकारी दिएको बताइएको छ ।

दुई देशका राजदूतहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग अभिवृद्धि, विकास आकांक्षामा काम गर्ने र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

नाउरु प्रशान्त महासागरको छेउमा अष्ट्रेलियाको उत्तरपूर्वमा रहेको एउटा देश हो। सन् १९६८ मा स्वतन्त्र राष्ट्रको हैसियत प्राप्त भयो ।

Published Date: 05 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग