नेपाल र नाउरूबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नाउरूबीच कूटनीतिक सम्बन्ध स्थापना : Icon Khabar

वासिङ्टन डिसी, वैशाख २२ । नेपालले बिहीबार नाउरुसँग कूटनीतिक सम्बन्धमा हस्ताक्षर गरेको छ ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमृत राई र नाउरुका स्थायी प्रतिनिधि राजदूत मार्गो डेइले न्यूयोर्कमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ ।

योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १७९ पुगेको छ । दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिवलाई सो जानकारी दिएको बताइएको छ ।

दुई देशका राजदूतहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग अभिवृद्धि, विकास आकांक्षामा काम गर्ने र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

नाउरु प्रशान्त महासागरको छेउमा अष्ट्रेलियाको उत्तरपूर्वमा रहेको एउटा देश हो। सन् १९६८ मा स्वतन्त्र राष्ट्रको हैसियत प्राप्त भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2023
Website | + posts