ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध : Icon Khabar

काठमाडौं, वैशाख २२ । अन्तिम समयमा पेनाल्टीमा गोल खाएपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटन होव अल्वियोनसँग हार बेहोरेको छ ।

युनाइटेड घरेलु टोली ब्राइटनसँग १–० ले पराजित भएको हो । ब्राइटनको जितमा इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्या एलिस्टरले गरेको गाृल नै निर्णायक बन्यो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा बिहीबार राति भएको खेलमा घरेलु टोली ब्राइटनले पाहुना टोलीमाथि दवाव राखेपनि गोलको लागि अन्तिम समयमा पेनाल्टीको साहरा लिनुपरेको थियो ।

पेनाल्टी बक्समा लुका साले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतता लिदै ब्राइटनलाई पेनाल्टी प्रदान गर्दा एलिस्टर चुकेनन् ।

यस जितसँगै ब्राइटनले अर्काे सिजनमा युरोपियन फुटबल खेल्ने सम्भावना कायमै राखेको छ । ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित युनाइटेड ३३ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट