ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध : Icon Khabar

काठमाडौं, वैशाख २२ । अन्तिम समयमा पेनाल्टीमा गोल खाएपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटन होव अल्वियोनसँग हार बेहोरेको छ ।

युनाइटेड घरेलु टोली ब्राइटनसँग १–० ले पराजित भएको हो । ब्राइटनको जितमा इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्या एलिस्टरले गरेको गाृल नै निर्णायक बन्यो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा बिहीबार राति भएको खेलमा घरेलु टोली ब्राइटनले पाहुना टोलीमाथि दवाव राखेपनि गोलको लागि अन्तिम समयमा पेनाल्टीको साहरा लिनुपरेको थियो ।

पेनाल्टी बक्समा लुका साले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतता लिदै ब्राइटनलाई पेनाल्टी प्रदान गर्दा एलिस्टर चुकेनन् ।

यस जितसँगै ब्राइटनले अर्काे सिजनमा युरोपियन फुटबल खेल्ने सम्भावना कायमै राखेको छ । ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित युनाइटेड ३३ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा छ ।

Published Date: 05 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु