माई खोला हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट

माई खोला हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट : Icon Khabar

काठमाडौँ, वैशाख १९ । माई खोला हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट भएको छ । कम्पनीले बैशाख ८ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको शेयर आज बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार कम्पनीको आईपीओमा १२ लाख ७३ हजार ८९१ जनाको योग्य आवेदन परेको छ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ९४१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । त्यस मध्येबाट पनि एक जना भाग्यमानीले थप एक कित्ता शेयर पाएका छन् ।

Published Date: 02 May 2023


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग