महिनावारीको बेला धेरै पेट दुख्छ? अपनाउनुस यी उपायहरु

महिनावारीको बेला धेरै पेट दुख्छ? अपनाउनुस यी उपायहरु : Icon Khabar

काठमाडौँ, फागुन २५ । महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्।

१. धेरै पानी पिउने
महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ। साथै, तातो पानी पिउनाले शरीरभरि रगतको प्रवाह बढाउन सक्छ र मांसपेशीहरूलाई आराम दिन्छ।

२. हर्बल चिया खाने
हर्बल चियामा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले गर्भाशयमा मांसपेशीको ऐंठनलाई कम गर्न मदत गर्छ। महिनावारीको समयमा अदुवाको चिया पिउनु पनि दुखाइ कम गर्ने एक सजिलो र प्राकृतिक तरिका हो। साथै हर्बल चियाहरूले तनाव राहत र निदाउन समेत सहज बनाउछन्।

३. एन्टी-इन्फ्लेमेटरी खानाहरू खाने
एन्टी-इन्फ्लेमेटरी खानाहरूले रक्त प्रवाहलाई सन्तुलन गरी पेटलाई आराम गर्न मद्दत गर्न सक्छ। जामुन,टमाटर, बेसार, अदुवा वा लसुन जस्ता मसलाहरू खाने प्रयास गर्नुहोस्। हरियो सागसब्जी, बदाम, माछा, जस्ता चिजले पनि पेट दुखाइ कम गर्न सक्छ।

४. धेरै गुलियो र नुनिलो खाने कुरा नखाने
धेरै गुलियो र नुनिलो खाने कुराले रक्तश्राव बढाउछ, जसले मांसपेशीको दुखाइ र पेट दुखाइलाई अझ खराब बनाउँछ।

५. हट ब्यागको प्रयोग गर्ने
तातोले मांसपेशीहरूलाई आराम गर्न, रक्त प्रवाह सुधार गर्न र तनाव कम गर्न मद्दत गर्दछ। हट ब्यागले सेकाउनुको साथै तातो पानीमा नुहाउने वा तातो पानीमा खुट्टा डुबाएर बस्दा पनि दुखाइ कम हुन्छ।

६.व्यायाम
व्यायामले मांसपेशीहरूलाई आराम दिन्छ र दुखाइ कम गर्छ। महिनावारीको समयमा पन्ध्र मिनेटको हल्का योगा, स्ट्रेचिङ वा हिंड्नु फाइदाजनक हुन्छ।

७.तनाव कम गर्ने
तनावले दुखाइलाई अझ खराब बनाउन सक्छ। आफ्नो आँखा बन्द गरेर, गहिरो सास लिने गर्नुपर्छ।

८.धुम्रपान र मद्यपान नगर्ने
धुम्रपान र मद्यपानले दुखाइ बढाउन सक्छ। साथसाथै टाउको दुख्ने, रिस उठ्ने समेत हुन सक्छ।

९.रातो मासु नखाने
महिनावारीको समयमा शरीरले प्रोस्टाग्ल्यान्डिन उत्पादन गर्छ। प्रोस्टाग्ल्यान्डिनले पाठेघरलाई संकुचित गर्न र दुखाइ बढाउन मदत गर्छ। रातो मासुमा आइरनको मात्रा धेरै हुन्छ, यसमा प्रोस्टाग्ल्यान्डिन पनि उच्च हुन्छ त्यसैले रातो मासु खानु हुन्न।

Published Date: 09 March 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता