ड्रोनको माग बढ्दै गएपछि तीव्र गतिमा उत्पादन बढाउँदै युक्रेन

ड्रोनको माग बढ्दै गएपछि तीव्र गतिमा उत्पादन बढाउँदै युक्रेन : Icon Khabar

काठमाडौँ, वैशाख १४ । रुससँग भइरहेको युद्धमा अग्रमोर्चाबाट लडाइँका लागि माग बढ्दै गएपछि युक्रेनले आफूले गर्ने ड्रोन उत्पादन बढाएको जनाएको छ। युक्रेन सरकारले आयातसम्बन्धी कानुन खुकुलो बनाएको छ भने ड्रोनका पार्टपुर्जा तथा उपकरणमा लगाइँदै आएका करहरू हटाएको छ।

‘द आर्मी अफ ड्रोन्स’ नामक एउटा सफल चन्दा सङ्कलन अभियानले ड्रोन उत्पादनको विस्तारमा सघाइरहेको छ। ‘स्टार वार्स’का मार्क हमिलजस्ता हस्तीको सहयोगमा १०.८ करोड डलरभन्दा बढी रकम सङ्कलन भएको छ।

युद्धका लागि ड्रोनहरू खरिद गर्ने र बनाउने कामका साथै अग्रमोर्चामा लडाइँका लागि नयाँ पाइलटहरूको तालिममा सहयोग रकम खर्च गरिँदै छ। लडाइँमा दुवैतिरका सैनिकहरू परम्परागत रूपमा भिडिओ खिच्न प्रयोग हुने गरेका तुलनात्मक रूपमा साना तथा सस्ता ड्रोनहरूमा अझ बढी निर्भर हुन थालेका छन्।

अग्रमोर्चाको लडाइँमा प्रायः देखिने गरेको डीजेआई म्याभिक नामक ड्रोनको मूल्य २,००० डलरभन्दा कम पर्छ।

गत वर्ष त्यसको चिनियाँ उत्पादकले आफ्ना उत्पादनहरू “गैरसैनिक प्रयोगका लागि मात्र” भएको भन्दै युक्रेन र रुसमा त्यसको निर्यातमा प्रतिबन्ध लगायो। स्लाभाका अनुसार उक्त प्रतिबन्धका कारण गाह्रो भयो। तर युक्रेनले अझै हजारौँ सङ्ख्यामा ड्रोन आयात गरिरहेको छ।

Published Date: 27 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग