गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने तयारी

गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने तयारी : Icon Khabar

काठमाडौं, वैशाख १३ । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर नयाँ सरकार बन्ने भएको छ ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई दिनभित्र बहुमतीय सरकार बनाउन दलहरुलाई मंगलबार आह्वान गरेका छन् । उपधारा २ मा दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सक्ने व्यवस्था छ । यसअघि नेकपा एमालेको नेतृत्वमा सरकार बनेको थियो ।

नेकपा (माओवादी केन्द्र)को समर्थनमा एमाले गण्डकी प्रदेशसभा संसदीय दल (पीपी) खगराज अधिकारीले माघ ९ गते गठन गरेका थिए ।माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री अधिकारीले मत प्रस्ताव गरेका थिए । शनिबारको प्रदेशसभामा विश्वास सभाले विश्वासको मत नदिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आह्वान गरेका छन् । अब दुई वा दुईभन्दा बढी दलले बहुमतीय सरकार गठनका लागि दाबी पेश गर्नुपर्नेछ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि गरेको आह्वानसँग सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको हो ।

गण्डकी प्रदेशमा सरकार बनाउन दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत ल्याउनु पर्ने हुन्छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसबाट २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रबाट ८, राप्रपाबाट दुई र नेकपा (एकीकृत समाजवादी) मा आवद्ध एकजना प्रदेशसभा सदस्य छन् । स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएपछि अहिले नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाउने तयारीमा छन् । नेकपा (संयुक्त समाजवादी)का राजीव गुरुङले पनि नयाँ सरकारलाई समर्थन गर्ने बताइएको छ । त्यसो भयो भने सहजै सरकार बन्ने देखिन्छ ।

Published Date: 26 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी