लुम्बिनी प्रदेशमा नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने

लुम्बिनी प्रदेशमा नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने : Icon Khabar

काठमाडौं, वैशाख १३ ।  लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको माग गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको माग गरेका छन् । संविधानको धारा १६८ (२) बमोजिम संयुक्त बहुमतको सरकार गठन हुनुपर्नेछ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभामा विश्वासको मत नपाएपछि अल्पमतमा परेका छन् । गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । तर उनको पक्षमा जम्मा ३३ मत परेको थियो । यस प्रदेश सभामा ८७ प्रदेशसभा सदस्य रहेकामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्छ । गिरीको विपक्षमा ५३ मत परेको थियो ।

बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार गिरी नेतृत्वको सरकारलाई कार्यकारी सरकारको मान्यता दिएका छन् । मंगलबार साँझ प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । उनले बहुमतीय सरकार गठनको दाबी पेश गर्न बिहीबार अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।

वर्तमान काङ्ग्रेस र माओवादी केन्द्र गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा सिफारिस गर्दै बहुमत सदस्यको हस्ताक्षरसहितको दाबी प्रदेश प्रमुखलाई बुझाएको छ ।

प्रदेश प्रमुखले आह्वान गरेपछि गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीको नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पुनः दाबी पेश गर्ने भएको छ ।

अहिलेको राजनीतिक समीकरण अनुसार चौधरी नै मुख्यमन्त्री बन्ने प्रबल सम्भावना छ । मुख्यमन्त्री गिरीलाई समर्थन गरेका २५ सदस्यले चैत ११ गते समर्थन फिर्ता लिएपछि सोमबार विश्वासको मत लिनुपरेको थियो ।

गत माघ ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ १९ गते पहिलो पटक विश्वासको मत लिएका थिए तर तीन महिनापछि पुनः विश्वासको मत लिनु परेका गिरी सोमबार स्पष्ट अल्पमतमा परेका थिए ।

Published Date: 26 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी