स्पेनिस ला लिगामा रियल म्याड्रिडको हार

स्पेनिस ला लिगामा रियल म्याड्रिडको हार : Icon Khabar

काठमाडौं, वैशाख १३ । अर्जेन्टिनी फरवार्ड भ्यालेन्टिन कास्टेलानोसको ह्याट्रिकसहित चार गोल मद्दतमा जिरोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ ।

जिरोनाले घरेलु मैदानमा रियलमाथि ४–२ को जित निकालेको हो । रियलका भिनिसियस जुनियर र लुकास भास्क्वेजले गोल गरेपनि हार टार्न सकेन ।

जिरोनासँगको हारसँगै रियल म्याड्रिडको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ । ला लिगामा अब ७ चरणको खेल बाँकी रहँदा रियल शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनासँग ११ अंकले पछि छ । बार्सिलोनाले अझै एक खेल कम खेलेको छ ।

रियलको ३१ खेलबाट ६५ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ७६ अंक छ । रियललाई हराएको जिरोना ३१ खेलबाट ४१ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

Published Date: 26 April 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक