स्पेनिस ला लिगामा रियल म्याड्रिडको हार

स्पेनिस ला लिगामा रियल म्याड्रिडको हार : Icon Khabar

काठमाडौं, वैशाख १३ । अर्जेन्टिनी फरवार्ड भ्यालेन्टिन कास्टेलानोसको ह्याट्रिकसहित चार गोल मद्दतमा जिरोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ ।

जिरोनाले घरेलु मैदानमा रियलमाथि ४–२ को जित निकालेको हो । रियलका भिनिसियस जुनियर र लुकास भास्क्वेजले गोल गरेपनि हार टार्न सकेन ।

जिरोनासँगको हारसँगै रियल म्याड्रिडको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ । ला लिगामा अब ७ चरणको खेल बाँकी रहँदा रियल शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनासँग ११ अंकले पछि छ । बार्सिलोनाले अझै एक खेल कम खेलेको छ ।

रियलको ३१ खेलबाट ६५ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ७६ अंक छ । रियललाई हराएको जिरोना ३१ खेलबाट ४१ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

Published Date: 26 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय