दलबहादुर र मञ्जुले जिते जुम्ला – रारा म्याराथन उपाधी

दलबहादुर र मञ्जुले जिते जुम्ला – रारा म्याराथन उपाधी : Icon Khabar

काठमाडौँ, वैशाख १३ । कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला – रारा अल्ट्रा म्याराथनको उपाधी पुरुष तर्फ दलबहादुर कुवर र महिला तर्फ मञ्जु राउतले जितेका छन् ।

४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधीका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष तर्फ धिर बहादुर बुढाले ४ घन्टा ५७ मिनट ५७ सेकेन्ड र सेर बहादुर बुढाले ५ घन्टा ८ मिनटमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो भए । यस्तै महिला तर्फ गणना भण्डारी ६ घन्टा ५४ मिनट २७ सेकेन्ड समयका साथ दोश्रो र अनिता बुढा ७ घन्टा ५२ मिनट ४६ सेकेन्ड समयका साथ तेश्रो भए ।

दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद ७५ हजार र ५० हजारका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे ।

म्याराथनमा पुरुष तर्फ ६१ र महिला तर्फ १० जना खेलाडीको सहभागिता रहेको राखेप प्रचार प्रसार शाखाका प्रशासकिय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी गराए । म्याराथन जुम्लाको २३५० मिटरको खलङ्ग बजारबाट सुरु भई डाँफे पास, न्युरीघाट, चौथा, दाभा, चुचेमारा पास, मिली चौर हुदै रारा तालको २९८० मिटर उचाईमा रहेको हुटुमा गएर पुरा भएको थियो ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्य अञ्जन धमला, पर्वतिय खेलकुद महासंघका अध्यक्ष एवं पूर्व राखेप सदस्य गोविन्द भट्टराई, गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउन सफल ओलम्पियन खेलाडी एवं आयोजक संस्था कर्णाली स्पोर्टस् क्लबका संरक्षक हरि बहादुर रोकाया र अध्यक्ष सरोज शाहीले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

Published Date: 26 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय