राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै : Icon Khabar

काठमाडौं, वैशाख १२ । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको राष्ट्रपति कार्यालयले आज जनाएको छ । राष्ट्रपतिको केही स्वास्थ्य परीक्षण भइसकेको छ भने केही बाँकी रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भइरहेको छ । उनलाई वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।

एन्टिबायोटिक सेवनका कारण राष्ट्रपति पौडेल केही कमजोर भएका छन् । तर, उनी सामान्य रूपमा हिड्न सक्षम रहेको कार्यालयले नयाँ दिल्लीस्थित राष्ट्रपतिका परिवारका सदस्यलाई उद्धृत गर्दै जनाएको छ ।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय