राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै : Icon Khabar

काठमाडौं, वैशाख १२ । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको राष्ट्रपति कार्यालयले आज जनाएको छ । राष्ट्रपतिको केही स्वास्थ्य परीक्षण भइसकेको छ भने केही बाँकी रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भइरहेको छ । उनलाई वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।

एन्टिबायोटिक सेवनका कारण राष्ट्रपति पौडेल केही कमजोर भएका छन् । तर, उनी सामान्य रूपमा हिड्न सक्षम रहेको कार्यालयले नयाँ दिल्लीस्थित राष्ट्रपतिका परिवारका सदस्यलाई उद्धृत गर्दै जनाएको छ ।

Published Date: 25 April 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक