काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययनका लागि चिनियाँ टोली फिल्डमा

काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययनका लागि चिनियाँ टोली फिल्डमा : Icon Khabar

काठमाडौं, वैशाख १२ । चीनले काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिएको छ । गत पुस १२ गते चीनबाट आएको प्राविधिक टोलीले रसुवा र नुवाकोटको भ्रमण गरी विस्तृत अध्ययन सुरु गरिसकेको छ ।

त्यसपछि चीनबाट ३७ जनाको प्राविधिक टोली नेपाल आएर अध्ययनमा थप काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार चिनियाँ टोली अझै फिल्ड (प्रस्तावित निर्माण स्थल) मा रहेको छ । कोही प्राविधिक काठमाडौंमा कार्यरत छन् भने कोही फिल्डमा काम गरी विस्तृत अध्ययनका लागि तथ्यांक संकलन गरिरहेका छन् । रसुवा, नुवाकोट, काठमाडौंलगायत क्षेत्रमा चिनियाँ सरकारको चाइना रेलवे सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु अध्ययनमा संलग्न छन् ।

चिनियाँ पक्षले माग गरेको जग्गा, वन र तथ्याङ्क र तथ्यांक रेल विभागले उपलब्ध गराउँदै आएको छ । मन्त्रालयका एक अधिकारीले उक्त क्षेत्रमा चिनियाँ अधिकारीले अनुरोध गरे बमोजिम विभागले चिनियाँ टोलीलाई सुरक्षा, प्राविधिक र जनशक्तिसम्बन्धी सहयोग पनि गरिरहेको बताए ।

चिनियाँ प्राविधिक टोलीले आगामी साढे तीन वर्षभित्र विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरी बुझाउने बताएको छ । पहिलो एक वर्षमा सर्वेक्षण सम्पन्न गरी डेढ वर्षभित्र फिल्ड पुगेर सर्भे र नक्साङ्कन गरिने छ । आगामी एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिई पेश गर्ने कार्यतालिका छ ।

रेल विभागका अनुसार चिनियाँ टोलीको काठमाडौंमा कार्यालय रहेको छ । भविष्यको अध्ययनको लागि विस्तृत अध्ययन र क्षेत्रीय कार्यको लागि शिविरहरू पनि स्थापना गरिनेछ। चीन आफैले अध्ययन गरिरहेको छ।

सन् २०१८ डिसेम्बर १० मा चीनले हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार विस्तृत अध्ययन अहिले नै सम्पन्न गरिसक्ने भए पनि काममा ढिलाइ भएको छ ।

सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । २०१९ नोभेम्बरको दोस्रो साता काठमाडौंमा आयोजित कार्यक्रमले काम बाँडफाँड गरेको हो ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि चिनियाँ सरकारले अपनाएको कडा नीतिका कारण भाइरल रोगको प्रकोप बढेपछि लामो समय प्राविधिक टोली आउन सकेन । चीनले कोभिड–१९ को शून्य नीति र यात्रा प्रतिबन्ध फुकुवा गरेपछि यो आयोजनाको काम कार्ययोजनाअनुसार अघि बढेको छ ।

आयोजनाको करिब ९८ प्रतिशत काम कठिन भूभागमा सुरुङ र पुल निर्माण गर्ने भएकाले यो महँगो हुने निश्चित छ । त्यसैले आर्थिक लाभको विश्लेषणका आधारमा रेल निर्माण भएमा यो आयोजनाले नेपाललाई चीनका बन्दरगाहसँग रेलमार्गमार्फत जोड्नेछ ।

चीनले अध्ययन पूरा गरेपछि आयोजनाको निर्माणको मोडालिटी र प्राविधिक जटिलता समाधानका लागि नेपाल र चीनबीच सम्झौता गर्नुपर्नेछ । त्यसैका आधारमा आयोजना निर्माणको विषयमा निर्णय हुनेछ ।

Published Date: 25 April 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता