सभामुख घिमिरेद्वारा ढाका कुमार श्रेष्ठको सांसद पद खारेज भएको संसदमा जानकारी

सभामुख घिमिरेद्वारा ढाका कुमार श्रेष्ठको सांसद पद खारेज भएको संसदमा जानकारी : Icon Khabar

काठमाडौं, वैशाख १२ । सभामुख देवराज घिमिरेले सांसद ढाका कुमार श्रेष्ठको पद खारेज भएको र उनी अब सांसद नरहेको प्रतिनिधिसभाका सदस्यहरुलाई जानकारी दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सो जानकारी दिएका हुन् ।

श्रेष्ठले व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको हो।

रास्वपाले श्रेष्ठमाथि कारबाही भएको जानकारी गराउँदै संसदमा पत्र पठाएपछि सभामुख घिमिरेले यसअघि श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराए ।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय