नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको छ: प्रधानमन्त्री दाहाल

नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँगको भेटमा उनले विज्ञान तथा प्रविधिको विकासबाट मात्र मुलुकमा गुणस्तरीय विकासको प्रयास र समृद्धि सम्भव भएको बताए ।

वार्ताका क्रममा पुनले स्वदेशमै उत्पादित सवारी साधन सञ्चालन गर्न अनुमति दिन र नवप्रवर्तन क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

नेपालमा उत्पादित सवारीसाधनको दर्ता र प्रवद्र्धनका लागि सरकारले कानुन बनाउन गरेको प्रयासको प्रशंसा गर्दै उनले छिट्टै कानून बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

जवाफमा प्रधानमन्त्री दाहालले पुनले उठाएका मुद्दा देशको हित र समृद्धिका लागि भएको बताउँदै नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए । देशभित्र उत्पादन हुने सवारीसाधनको दर्ता र प्रवद्र्धनसम्बन्धी कानूनको मस्यौदा बनाउने प्रक्रिया अघि बढेको प्रधानमन्त्री ओलीले बताए ।

Published Date: 25 April 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक