नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको छ: प्रधानमन्त्री दाहाल

नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँगको भेटमा उनले विज्ञान तथा प्रविधिको विकासबाट मात्र मुलुकमा गुणस्तरीय विकासको प्रयास र समृद्धि सम्भव भएको बताए ।

वार्ताका क्रममा पुनले स्वदेशमै उत्पादित सवारी साधन सञ्चालन गर्न अनुमति दिन र नवप्रवर्तन क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

नेपालमा उत्पादित सवारीसाधनको दर्ता र प्रवद्र्धनका लागि सरकारले कानुन बनाउन गरेको प्रयासको प्रशंसा गर्दै उनले छिट्टै कानून बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

जवाफमा प्रधानमन्त्री दाहालले पुनले उठाएका मुद्दा देशको हित र समृद्धिका लागि भएको बताउँदै नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए । देशभित्र उत्पादन हुने सवारीसाधनको दर्ता र प्रवद्र्धनसम्बन्धी कानूनको मस्यौदा बनाउने प्रक्रिया अघि बढेको प्रधानमन्त्री ओलीले बताए ।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय