सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि चालु पाँच वर्षबाट १० वर्ष पुर्याउने सरकारको तयारी

सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि चालु पाँच वर्षबाट १० वर्ष पुर्याउने सरकारको तयारी : Icon Khabar

काठमाडौं, वैशाख १२ । सरकारले सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि चालु पाँच वर्षबाट १० वर्ष पुर्याउने भएको छ ।

अहिले प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्ने कानुनी व्यवस्था छ । मंगलबार सञ्चारकर्मीसँगको भेटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि १० वर्ष पुर्‍याउने प्रक्रिया अघि बढाइएको बताए ।

उनले भने, ‘

ड्राइभिङ लाइसेन्स नवीकरण अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याउनेतर्फ हामी काम गरिरहेका छौँ ।

मन्त्री ज्वालाले यो व्यवस्थालाई कानूनमा समावेश गर्न सबै निकायसँग छलफल गरेर काम बढाइएको बताइन् ।

Published Date: 25 April 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक