आइतबार नेप्से परिसूचकमा १८.८० अंकको गिरावट

आइतबार नेप्से परिसूचकमा १८.८० अंकको गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख १० । आइतबार नेप्से परिसूचक १८.८० अंक घटेर १८८५.६० विन्दुमा रोकेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९८ करोडको शेयर कारोबार भएको बजारमा आज २६५ स्टकको ३१ हजार ४१५ पटकको कारोबारमा ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँ बराबरको २७ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहको परिसूचक मध्ये आज होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.०१ अंक घटेको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 23 April 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड