आइतबार नेप्से परिसूचकमा १८.८० अंकको गिरावट

आइतबार नेप्से परिसूचकमा १८.८० अंकको गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख १० । आइतबार नेप्से परिसूचक १८.८० अंक घटेर १८८५.६० विन्दुमा रोकेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९८ करोडको शेयर कारोबार भएको बजारमा आज २६५ स्टकको ३१ हजार ४१५ पटकको कारोबारमा ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँ बराबरको २७ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहको परिसूचक मध्ये आज होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.०१ अंक घटेको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 April 2023
Website | + posts