मन्टेश्वरी एजुकेशन स्कूल सूर्यविनायक भक्तपुरकी प्रिन्सिपल मंगला प्रजापतिसँगको आइकन संवाद

मन्टेश्वरी एजुकेशन स्कूल सूर्यविनायक भक्तपुरकी प्रिन्सिपल मंगला प्रजापतिसँगको आइकन संवाद : Icon Khabar
मन्टेश्वरी एजुकेशन स्कूल, सूर्यविनायक भक्तपुरकी प्रिन्सिपल मंगला प्रजापति

भक्तपुर, वैशाख १०। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.८ मा अवस्थित मन्टेश्वरी एजुकेशन स्कूलको आगामी नयाँ शैक्षिक सत्र २०८० को योजनाहरुका बारेमा सोहि विद्यालयकी प्रिन्सिपल मंगला प्रजापतिसँग आइकन खबरले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ।

१. सर्वप्रथम मन्टेश्वरी एजुकेशन स्कुलको बारेमा जानकारी दिनुहोस।

– मन्टेश्वरी एजुकेशन स्कुल लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित शिक्षकहरुको टिमबाट स्थापना भई २०७३ सालमा विधिवत रुपमा कम्पनी ऐन अन्तर्गत दर्ता गरी सूर्यविनायक नगरपालिकाबाट स्विकृती प्राप्त प्रि–स्कुल हो ,यो स्कुल सूर्यविनायक नगरपालिका वडा नं. ८, सूर्यविनायक चोक संगै नेपाल इन्भेष्टमेन मेगा बैक लिं.को पछाडी रहेको छ । जहाँ मायालु वातावरणमा मन्टेश्वरी शिक्षण पद्वतिबाट खेलाई खेलाई पढाउने विधिबाट (प्ले वे मेथड ) सानासाना नानीहरुको पठनपाठन हुन्छ ।

२. यस मन्टेश्वरी स्कुलले विद्यार्थीहरुको पठन पाठन अनि सर्वाङ्गिण विकासका लागि के कस्ता क्रियाकलापहरु गर्दै आएको छ ।

– यस स्कुलमा पढने नानीहरुको सर्वाङ्गिण विकासका लागि विद्यालयले विभिन्न प्रकारका क्रियाकलापहरु गराउदै आएका छौं । जस्तो कि गरेर सिक्ने कार्यहरु जुन उनीहरुले मन्टेश्वरी प्रयोगशालामा रहेको विभिन्न शिक्षण सामग्रीहरु छोएर,हेरेर र गराएर सिकाइन्छ ।

साथै प्रयोगात्मक क्रियाकलापहरु गराई नानीहरुको शारिरीक एवं मानसिक रुपमा सवल बनाउन सहयोग पुर्याएको हुन्छ साथै बौद्विक क्षमता अभिबृद्विका लागि अभाकस शिक्षा र अनुशासित एवं सक्षम नेतृत्वका अलावा जिवन उपयोगी शिक्षाका लागि स्काउटिङ्ग शिक्षा प्रदान गर्दै आएका छौं ।

३. यस स्कुललाई नै अभिभावक अनि विद्यार्थीहरुले रोज्नु पछाडीको कारणहरु के के रहेका छन् ?

– मेरो विचारमा यस स्कुललाई नै अभिभावकहरुले रोज्नुको कारण धेरै रहेका छन् । जसमध्ये यस विद्यालय शैक्षिक क्षेत्रमा अनवरत रुपमा लागेका शिक्षकहरुको प्रत्यक्ष संलग्नतामा संचालन भएका कारण र यहाँ अनुभवी एवं मन्टेशरी शिक्षण तालिम प्राप्त शिक्षकहरुले अध्यापन गराइने कारणले गर्दा नै अभिभावकहरुको रोजाईमा परेको हुन सक्छ ।

साथै अन्य प्रि–स्कुलभन्दा पृथक रुपमा यस स्कुल संचालन गर्देै आएको कारणले गर्दा पनि अभिभावकको प्राथमिकतामा परेका हुन सक्छ ।

४. नयाँ शैक्षिक सत्र २०८० का लागि के कस्ता योजनाहरु बनाउनु भएको छ ?

– हामीले गत शैक्षिक सत्र २०७९ मा गरेका विविध कार्यहरुलाई यस शै.सत्रमा पनि निरन्तरता दिदै नयाँ शैक्षिक सत्र २०८० का लागि पहिलो त शिक्षकहरुलाई अझ बढि शिक्षण कलामा क्रियाशिल तुल्याउन उहाँहरुको लागि थप तालिमको व्यवस्था गर्ने, विद्यार्थीहरुको समग्र विकासका लागि वाक कला, गायन कला ,नृत्य कलाका साथै समाज प्रति उत्तरदायित्वका लागि विभिन्न सामाजिक क्रियाकलापमा संलग्न गराउने लक्ष्य यस वर्ष लिएका छौं ।

५. नेपालमा मन्टेश्वरी स्कुलले भोग्दै आएका समस्या र चुनौतिहरु के के रहेका छन् ?

– नेपालमा मन्टेश्वरी प्रि–स्कुलले भोग्दै आएको ठूलो समस्या भनेको नै यस प्रति सरकारको बेवास्ता नै हो । हालसम्म सरकारले मन्टेश्वरी प्रिस्कुलको लागि ठोस नीति ल्याउन सकेको छैन ।यहाँ अहिले जसले जे गरेपनि हुने भईरहेको छ ।

साथै स्थानीय सरकारले विभिन शैक्षिक नीति तथा कार्यक्रमहरुको जानकारी नदिनु पनि अर्को समस्या छ । यसको चुनौति भन्दा खेरी सम्बन्धित निकायले स्वच्छ तरिकाले अनुगमन नभईदिदा केहि चुनौतिहरु पैदा भईरहेको छ । साथै अर्को चुनौति भनेको विद्यालयमा पढने बाल बालिकाहरुको शान्ति सुरक्षा पनि एक हो ।

६. यसको समाधानका लागि विद्यालय पक्ष र स्थानिय सरकारको भूमिका के हुन सक्छ ?

– यस समस्या समाधानका लागि विद्यालय पक्षले पनि आवश्यक सल्लाह सुझावहरु दिने र स्थानीय निकायहरुले पनि मन्टेश्वरी प्रि स्कुल संचालनका नीतिहरु स्पष्ट पारी व्यवस्थित पार्ने नीति नियमहरु तयार पार्नु पर्छ । त्यस्ता नीतिनियमहरु झन्झटिलो होइन ,शैक्षिक गुणस्तर बृद्वी गर्ने र विद्यालयहरुको हौसला र सहयोग पुग्ने खालका भूमिका हुनु पर्छ ।

७. तपाईको विद्यालयमा अध्ययनरत र नयाँ भर्ना भएका विद्यार्थी वर्गलाई कसरी मार्ग निर्देशन गर्नु हुन्छ ?

– पहिलो कुरा विद्यालयको गुणस्तर भनेको तब मात्र प्रमाणित हुन्छ जब विद्यार्थीहरुमा समाज प्रति उत्तरदाई भूमिका निभाएर परिवार,समाज र राष्ट्रको पहिचान दिन सकोस त्यही कारण हामीले यस विद्यालयमा पढने विद्यार्थी नानीहरुलाई पढाईमात्र नभई पढाईका साथै समाजसँग कसरी परिचित भएर बाँच्ने र पारिवारीक आदरभाव राख्ने तौर तरिकालाई जोडदिने खालका निर्देशात्मक पठन पाठन गर्ने गरेका छौ ।

अनि गरेर सिक्ने र सिकेको कुराहरुलाई कसरी व्यवहारमा लागू गर्ने आदि इत्यादी कुराहरुलाई हामिले प्राथमिकतामा राखेका छौं । त्यसैले हामीले यस विद्यालयमा अध्ययनरत र नयाँ भर्ना हुने विद्यार्थीहरुलाई यिनै माथिका कुराहरुलाई जिवनमा उतार्नका लागि मार्ग निर्देशनका रुपमा प्रस्तुत गर्छौ

८. अन्तिममा तपाईका अभिभावक अनि विद्यार्थीका साथै शुभचिन्तकहरु प्रति सन्देश के रहेको छ ?

– सर्वप्रथम मेरा अभिभावक एवं विद्यार्थी नानीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किन कि उहाँहरुले विद्यालयको नीति नियम र हाम्रा शैक्षिक गतिविधिहरुलाई रुचाएर विश्वास गर्नु भयो । साथै उहाँहरुको यस्तै साथ सहयोग आगामी दिनहरुमा पनि पाई नै रहने आशा व्यक्त गर्दै यस्तै सेवा गर्ने मौका दिनु हुन अनुरोध पनि गर्दछु ।

साथै उहाँहरु बधाईका पात्र पनि हुनुहुन्छ किन कि उहाँहरुले सहि विद्यालय रोज्नु भयो र शुभ चिन्तक महानुभावहरुलाई पनि आफ्ना नानीहरुको पढाईका लागि हाम्रो विद्यालयमा एक चोटी अवलोकनका लागि सादर अनुरोध गर्दै सम्पूर्ण हार्दिक नमन गर्दछु धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 April 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित