सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध

सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध : Icon Khabar

काठमाडौं, वैशाख १० । सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध भएको छ ।

जसका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । एरिया एप्रोच सेन्टर र हवाइजहाजसँग सम्पर्क स्थापित गर्ने कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएपछि उडान र अवतरण रोकिएको छ ।

काठमाडौंका लागि उडेका केही हवाईजहाजलाई उडेको विमानस्थलमा नै फिर्ता पठाएको बताइएको छ ।

टावरबाट नजिकै रहेका हवाईजहाजसँग सञ्चार स्थापना गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडान प्रभावित भएको हो ।

Published Date: 23 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक