सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध

सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध : Icon Khabar

काठमाडौं, वैशाख १० । सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध भएको छ ।

जसका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । एरिया एप्रोच सेन्टर र हवाइजहाजसँग सम्पर्क स्थापित गर्ने कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएपछि उडान र अवतरण रोकिएको छ ।

काठमाडौंका लागि उडेका केही हवाईजहाजलाई उडेको विमानस्थलमा नै फिर्ता पठाएको बताइएको छ ।

टावरबाट नजिकै रहेका हवाईजहाजसँग सञ्चार स्थापना गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडान प्रभावित भएको हो ।

Published Date: 23 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास