आयोगद्वारा मधेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण माग

आयोगद्वारा मधेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण माग : Icon Khabar

काठमाडौं, वैशाख १० । प्रतिनिधिसभाको जारी उपनिर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण मागेको छ ।

बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाको उपनिर्वाचन भइरहेका बेला मुख्यमन्त्रीको पचरौटा नगरपालिकाको भ्रमण निर्वाचन आचारसंहिता विपरीत भएको आयोगले जनाएको छ । मुख्यमन्त्रीको भ्रमणलाई आयोगले अनुमति नदिएको र निर्वाचनको निष्पक्षतामा प्रतिकूल असर पार्न सक्ने बताइएको छ ।

२४ घण्टाको स्पष्टिकरणमा मुख्यमन्त्रीलाई आफूले भ्रमणका क्रममा प्रयोग गरेको गाडीमा सेतो नम्बर प्लेट भएको र भ्रमणको सुरक्षा व्यवस्था सरकारी तहबाटै व्यवस्थापन गरिएको हो, आफ्नो पदप्रतिको आफ्नो हिँडाइ उचित र उल्लंघन भए नभएको स्पष्ट पार्न आग्रह गरिएको छ । निर्वाचन आचारसंहिता र आचारसंहिता उल्लङ्घन गरेबापत निर्वाचन आयोग ऐन, २०७९ बमोजिम कारबाही गर्न योग्य भए नभएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।

Published Date: 23 April 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड