आयोगद्वारा मधेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण माग

आयोगद्वारा मधेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण माग : Icon Khabar

काठमाडौं, वैशाख १० । प्रतिनिधिसभाको जारी उपनिर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण मागेको छ ।

बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाको उपनिर्वाचन भइरहेका बेला मुख्यमन्त्रीको पचरौटा नगरपालिकाको भ्रमण निर्वाचन आचारसंहिता विपरीत भएको आयोगले जनाएको छ । मुख्यमन्त्रीको भ्रमणलाई आयोगले अनुमति नदिएको र निर्वाचनको निष्पक्षतामा प्रतिकूल असर पार्न सक्ने बताइएको छ ।

२४ घण्टाको स्पष्टिकरणमा मुख्यमन्त्रीलाई आफूले भ्रमणका क्रममा प्रयोग गरेको गाडीमा सेतो नम्बर प्लेट भएको र भ्रमणको सुरक्षा व्यवस्था सरकारी तहबाटै व्यवस्थापन गरिएको हो, आफ्नो पदप्रतिको आफ्नो हिँडाइ उचित र उल्लंघन भए नभएको स्पष्ट पार्न आग्रह गरिएको छ । निर्वाचन आचारसंहिता र आचारसंहिता उल्लङ्घन गरेबापत निर्वाचन आयोग ऐन, २०७९ बमोजिम कारबाही गर्न योग्य भए नभएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 April 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित