बारा क्षेत्र नं २ मा उपनिर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द

बारा क्षेत्र नं २ मा उपनिर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द : Icon Khabar

बारा, वैशाख ८ । बारा क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनलाई ध्यानमा राखेर बारा जिल्लाका नेपाल–भारत सीमा नाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले विज्ञप्ति जारी गर्दै आज मध्यरात १२ बजेदेखि आइतबार मध्यरातसम्म सीमा नाका बन्द रहने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

त्यसैगरी मतगणना सम्पन्न नभएसम्म जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

त्यसैगरी जिल्लाको हुलाकी राजमार्गमा शनिबार मध्यरातदेखि आइतबार साँझ ७ बजेसम्म अत्यावश्यक बाहेकका सवारी आवागमन बन्द गरिएको छ ।

Published Date: 21 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर