बारा क्षेत्र नं २ मा उपनिर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द

बारा क्षेत्र नं २ मा उपनिर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द : Icon Khabar

बारा, वैशाख ८ । बारा क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनलाई ध्यानमा राखेर बारा जिल्लाका नेपाल–भारत सीमा नाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले विज्ञप्ति जारी गर्दै आज मध्यरात १२ बजेदेखि आइतबार मध्यरातसम्म सीमा नाका बन्द रहने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

त्यसैगरी मतगणना सम्पन्न नभएसम्म जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

त्यसैगरी जिल्लाको हुलाकी राजमार्गमा शनिबार मध्यरातदेखि आइतबार साँझ ७ बजेसम्म अत्यावश्यक बाहेकका सवारी आवागमन बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने