नेपालको १५९ स्थानीय तहका वडाहरू अनलाइन दर्ता सेवाविहीन

नेपालको १५९ स्थानीय तहका वडाहरू अनलाइन दर्ता सेवाविहीन : Icon Khabar

काठमाडौं, वैशाख ८ । देशभरका ६ हजार ७४३ स्थानीय तहका वडामध्ये १ सय ५९ वडाले अहिलेसम्म अत्यावश्यक तथ्यांक अनलाइनमा दर्ता नगरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

युनिसेफ र महिला, कानून तथा विकास मञ्चले नागरिक दर्ता सप्ताहको अवसरमा बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो । इन्टरनेटको समस्याका कारण १५९ स्थानीय तहका वडाले अनलाइन दर्ता गर्न नसकेको बताइएको छ । ६ हजार ५ सय ८४ वडाले अनलाइनबाटै नागरिक दर्ता गराउँदै आएका छन् ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले प्रत्येक वडामा नागरिक दर्ता शिविर सञ्चालन गरेर समस्या समाधान गरिने बताए । उनले पञ्जीकरणमा देखिएका समस्याका बारेमा आवाज उठाउन आग्रह गरे ।

विभागले १५ दिनअघि स्थानीय तहलाई नागरिक दर्ताका लागि परिपत्र जारी गरेको चार दिनमा एकल महिलाका ३ सय ६६ सन्तानको जन्म दर्ता भएको पण्डितले बताए ।

यसका लागि सुझाव प्राप्त भएको चार दिनभित्र परिपत्रको भाषा परिमार्जन गरिएको पनि उनले बताए।

Published Date: 21 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर