नेपालको १५९ स्थानीय तहका वडाहरू अनलाइन दर्ता सेवाविहीन

नेपालको १५९ स्थानीय तहका वडाहरू अनलाइन दर्ता सेवाविहीन : Icon Khabar

काठमाडौं, वैशाख ८ । देशभरका ६ हजार ७४३ स्थानीय तहका वडामध्ये १ सय ५९ वडाले अहिलेसम्म अत्यावश्यक तथ्यांक अनलाइनमा दर्ता नगरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

युनिसेफ र महिला, कानून तथा विकास मञ्चले नागरिक दर्ता सप्ताहको अवसरमा बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो । इन्टरनेटको समस्याका कारण १५९ स्थानीय तहका वडाले अनलाइन दर्ता गर्न नसकेको बताइएको छ । ६ हजार ५ सय ८४ वडाले अनलाइनबाटै नागरिक दर्ता गराउँदै आएका छन् ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले प्रत्येक वडामा नागरिक दर्ता शिविर सञ्चालन गरेर समस्या समाधान गरिने बताए । उनले पञ्जीकरणमा देखिएका समस्याका बारेमा आवाज उठाउन आग्रह गरे ।

विभागले १५ दिनअघि स्थानीय तहलाई नागरिक दर्ताका लागि परिपत्र जारी गरेको चार दिनमा एकल महिलाका ३ सय ६६ सन्तानको जन्म दर्ता भएको पण्डितले बताए ।

यसका लागि सुझाव प्राप्त भएको चार दिनभित्र परिपत्रको भाषा परिमार्जन गरिएको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2023
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता